ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

यूरोप घुमघामको अनुमति दिँदै बेलायत 

२०७७ असार, १३  
अन्तरराष्ट्रिय
Image Not Found

असार १३, लन्डन (बेलायत) । बेलायतले अत्यावश्यक बाहेक अन्य कामका लागि सीमापार यात्रामा लगाएको प्रतिबन्ध खुकुलो बनाउने भएको छ । जुलाई ६ देखि १४ दिन क्वारेन्टाइनमा बस्नु नपर्ने गरी निश्चित यूरोपेली देशमा छुट्टी मनाउन जान बेलायतीहरुलाई अनुमति दिने भएको छ । 

यी देशहरुमा स्पेन, फ्रान्स, ग्रिस, इटली, नेदरल्याण्ड्स, फिनल्याण्ड, बेल्जियम, टर्की, जर्मनी र नर्वे पर्ने अनुमान गरिएको छ । यो सूचीमा पोर्चुगल र स्वीडेन भने नपर्ने बताइएको छ । 

यात्रामा जान सकिने देशको पूर्ण सूची बेलायतले आगामी हप्ता जारी गर्नेछ । नयाँ नियमले बेलायतीहरुलाई गर्मीको सार्वजनिक छुट्टि विदेशमा मनाउने अनुमति दिनेछ । संक्रमणको स्तर हेरेर देशहरुलाई हरियो, पहेँलो र रातो गरी तीन रंगमा वर्गिकरण गरिनेछ । 

अवस्थामा परिवर्तन आयो भने यो नियममा रोक लगाउन समेत सरकार नहिच्किचाउने बताइएको छ ।  पोर्चुगलमा हालैका दिनमा संक्रमण बढेको र स्वीडेनमा भने संक्रमण बेलायतको भन्दा धेरै भएकोले यी दुई सूचीमा नपर्ने अनुमान गरिएको छ । यी दुवै देशलाई रातोको सूचीमा राख्ने सम्भावना रहेको छ । 

यद्यपि, जुन देशबाट आएको भएपनि बेलायती यात्रीहरुले उनीहरु फर्केर बस्न खोजेको ठेगाना भने दिनु पर्नेछ । उनीहरुले हवाई जहाज र पानी जहाजमा समेत मुख छोप्न मास्क लगाउनु पर्नेछ । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्