ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

‘फेयर एण्ड लवली’ बाट फेयर हटाउँदै यूनिलिभर 

२०७७ असार, १३  
अन्तरराष्ट्रिय
Image Not Found

असार १३, लन्डन (बेलायत) । बेलायती–डच बहुराष्ट्रिय कञ्जुमर गूड्स निर्माता कम्पनी यूनिलिभरले क्रिम ब्राण्ड फेयर एण्ड लब्लीबाट ‘फेयर’शब्द हटाउन लागेको छ । 

रंगभेद विरुद्ध अमेरिकासहित विश्वभर आन्दोलन चलिरहेकै बेलामा कम्पनीले यस्तो निर्णय गरेको हो । अफ्रिकी मूलका नागरिक जर्ज फ्लोएड हत्या काण्डको विरोधमा केही महीनायता संसारभर ब्लाक लाइभ म्याटर आन्दोलन चलिरहेको छ ।

यसै सन्दर्भमा कम्पनीले आफ्ना प्रिडक्टबाट फेयर, व्हाइटनिङ, र लाइटनिङ जस्ता शब्दहरु पनि हटाउने भएको छ । यसको साथै कम्पनीले विज्ञापन र प्रचारप्रसार सामग्रीमा सबै रंगका महिलाहरुलाई स्थान दिने भएको छ । फेयर एण्ड लब्ली विशेषगरी एशियाली देशमा धेरै विक्री हुने उत्पादन हो । यो क्रिम नेपाल, भारत बाहेक बंगलादेश, इन्डोनेसिया, थाइल्याण्ड, पाकिस्तानलगायत अन्य एशियाली देशहरुमा विक्री भइरहेका छन् ।

हालैका हप्तामा फेयर एण्ड लब्लीको उत्पादन बन्द गर्न यू्निलिभरलाई आग्रह गर्दै १८ हजारभन्दा धेरै मानिसहरुले हस्ताक्षर गरेर २ छुट्टाछुट्टै याचिका दायर गरेका थिए । उत्पादनले रंगभेदलाई बढावा दिएको र काला छाला भएकाहरु विरुद्ध नकारात्मक धारणा प्रवर्द्धन गरेको एक याचिकामा बताइएको छ ।

छालाको रंग कालो हुनु गलत भएको र सुन्दर महसुस गर्न यसलाई गोरो बनाउन पर्छ भन्ने दाबी क्रिमले दिएको दोस्रो याचिकामा उल्लेख गरिएको छ । 

सेमावेशी स्किन केयर ब्रान्ड पोर्टफोलियो बनाउन आफूहरु पूर्ण रुपमा प्रतिबद्ध रहेको र कम्पनीले सबै प्रकारको छालाको ख्याल गर्ने यूनिलिभरमा ब्यूटी एण्ड पर्सनल केयर एकाईका अध्यक्ष सन्नी जेनले भने । यूनिलिभरले सन् १९७५ देखि ‘फेयर एण्ड लब्ली’को उत्पादन र विक्री गर्न थालेको हो ।

भारतमा मात्रै यो क्रिमको वर्षेनी ५० करोड डलरभन्दा धेरै कारोबार हुन्छ । एजेन्सी
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्