ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

गण्डकी प्रदेशमा ३४ संक्रमित थपिए 

संक्रमितको संख्या ८ सय ८८ पुग्यो

२०७७ असार, १३  
गण्डकी प्रदेश
Image Not Found
author avatar अभियान संवाददाता

असार १३, कास्की । गण्डकी प्रदेशमा शनिवार थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिवार साँझ गण्डकी स्वास्थ्य निर्देशनालय पोखराले पछिल्लो पटक जारी गरेको सूचना अनुसार प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा गण्डकीमा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले नयाँ संक्रमितमा बाग्लुङका २७ जना, तनहुँका ६ र पर्वतका १ जना गरी ३४ जना रहेको बताए । उनले संक्रमितलाई सम्बन्धित जिल्लामा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको जानकारी दिए ।

योसँगै गण्डकीमा संक्रमितको संख्या ८ सय ८८ पुगेको छ । गण्डकी प्रदेशमा शनिवार मात्र ८२ जनामा कोरोना संक्रमण देखिएको छ । निर्देशनालयले जारी गरेको विज्ञप्तिमा बिहान ३२ जना, दिउँसो १६ जना र साँझ ३४ गरी ८२ जनामा कोरोना संक्रमण देखिएको बताएको छ । गण्डकीमा कोरोना संक्रमण मुक्त हुनेको संख्या १२१ पुगेको छ । अहिलेसम्म यो प्रदेशमा कोरोनाबाट २ जनाले ज्यान गुमाएको पुष्टि भएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्