ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

प्राकृतिक प्रकोपबाट बच्न सचेतना अभियान शुरू

२०७७ असार, १४  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

खोटाङ । ‘शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम अन्तर्गत विपद् जोखिम न्यूनीकरणका लागि सुरक्षा सचेतना अभियानको शुरुआत भएको छ । अभियानका लागि जिल्लामा सरोकारवालाहरुबीच छलफल कार्यक्रम पनि सम्पन्न गरिएको छ ।

जिल्ला समन्वय समितिको सभाहलमा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालयले प्रकाशन गरेको सचेतना हाते पुस्तिका दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाकाका मेयर दिपनारायण रिजालले प्रहरी नायब उपरीक्षक (डीएसपी) नारायण चिमोरियालाई हस्तान्तरण गरे । उक्त पुस्तिका दिक्तेल रूपाकोटको आर्थिक सहयोगमा मुद्रण गरिएको हो ।
कार्यक्रममा संविधानसभा सदस्य दुर्गा जयन्ती राईले विपद् व्यवस्थापनबाट बच्न स्वयं आफैंले गरेको मानवीय त्रुटिका कारण विपद् आइरहेको प्रष्ट पारिन् । उनले भनिन्, ‘मानवीय त्रुटिका कारण पनि विपद् आउने भएकाले विकासको नाममा गरिने कार्यहरूमा समेत हामीले सचेतता अपनाउनु पर्छ ।’

यस्तै खोटाङका प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौड्यालले जिल्लाभरीका स्थानीय तहसँग सहकार्य गरेर जिल्लाका सबै घरहरूमा उक्त हाते पुस्तिका वितरण गरिने बताए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्