ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

महानगर कर्मचारीको सामूहिक बीमा गर्दै राष्ट्रिय बीमा संस्थान

२०७७ असार, १४  
बजार
Image Not Found

काठमाडौं (अस) । काठमाडौं महानगरपालिकामा कार्यरत कर्मचारीको सामूहिक सावधिक जीवन बीमा गरिने भएको छ । उक्त कार्यका लागि गत बिहीवार  राष्ट्रिय बीमा संस्थान र काठमाडौं महानगरपालिकाबीच जीवन बीमासम्बन्धी सम्झौता भएको छ ।

सम्झौतामा महानगरपालिकाका प्रशासन विभाग प्रमुख नमराज ढकाल र बीमा संस्थानका नायव महाप्रबन्धक महेश रिमालले हस्ताक्षर गरेका छन् । सम्झौताका आधारमा राष्ट्रिय बीमा संस्थानले महानगरमा कार्यरत कर्मचारीको सामूहिकरूपमा जीवन बीमा गर्ने भएको हो ।  

विभाग प्रमुख ढकाले कर्मचारीको हितका लागि दूरगामी महत्वको सम्झौता गरेर सहकार्य गरेकोमा राष्ट्रिय बीमा संस्थानलाई धन्यवाद प्रकट गरे । यस्तै नायव महाप्रबन्धक रिमालले संस्थान आफूलाई समयानुकूल परिमार्जन गर्दै वित्तीय रूपले सक्षम, प्रविधिको दृष्टिले आधुनिकतातर्फ उन्मुख रहेको बताए । उनले बीमितलाई आकर्षक बोनस प्रदान गर्न प्रयत्नशील रहेको पनि सो अवसरमा जानकारी दिए ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्