ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

शाओमीको ‘रेडमी नोट९’ नेपालमा सार्वजनिक

२०७७ असार, १४  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडरले नेपालमा शाओमीको ‘रेडमी नोट९’ स्मार्टफोन सार्वजनिक गरेको छ । शुक्रवार सार्वजनिक उक्त स्मार्टफोन नोट९ सिरिजमा सार्वजनिक गरिएकामध्ये दोस्रो फोन हो ।

४८ एमपी क्यामेरा, ५ हजार २० एमएएच ब्याट्री र मिडियाटेक हेलियो जी८५ प्रोसेसर विशेषतायुक्त स्मार्ट फोनले कुनै प्mल्यागशीप मूल्यविन्दुबिना अत्याधुनिक डिजाइन र नवीनता प्रदान गर्ने कम्पनीको भनाइ छ ।

४ जीबी र्‍याम र १२८ जीबी स्टोरेज भएको यो फोनको मूल्य रू. २२ हजार ९९९ तोकिएको छ । मिडनाइट–ग्रे र फरेस्ट ग्रीन रङमा रहेको ‘रेडमी नोट९’ १ हजार ८०० भन्दा बढी मी प्रिफर्ड पार्टनर, मी अफलाइन स्टोर, रिटेल पार्टनर र अनलाइन पार्टनर दराज तथा सस्तोडिलमा चाँडै उपलब्ध गराउने कम्पनीले बताएको छ ।

‘रेडमी नोट९’ मा ४८ एमपी वाइड एंगल र १३ एमपी फ्रन्ट क्यामेरा, रेयर फिंगरप्रिन्ट सेन्सर, ६.५३ इञ्चको डिस्प्ले रहेको शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले बताए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्