ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सिम्ताको बजेट रोजगारी सृजनामा केन्द्रित

२०७७ असार, १४  
कर्णाली प्रदेश
NA

वीरेन्द्रनगर (अस) । सुर्खेतको सिम्ता गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेट रोजगारी सृजना केन्द्रित गरेको छ । कोरोना भाइरस संक्रमणको प्रकोपका कारण बेरोजगार बनेका युवालाई लक्षित यरी रोजगारी र आयआर्जन सृजनाका लागि बजेट केन्द्रित गरिएको गाउँपालिका अध्यक्ष कविन्द्र कुमार केसीले बताए । सिम्ताको गाउँसभाले बुधवार रू. ४५ करोड ६० लाख ६४ हजारको बजेट सार्वजनिक गरेको छ ।

कोरोनाबाट सृजित समस्यालाई सामान्यीकरण गर्न र रोजगारमुखी साथै उत्पादनमूलक क्षेत्रमा हावी हुने खालको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाले कोभिड–१९ तथा विपद् व्यवस्थापनका लागि रू. २ करोड बजेट विनियोजन गरेको उपाध्यक्ष चन्द्रकला शाहीले बताइन् । त्यस्तै द्रुतमार्ग र चक्रपथ निर्माणका लागि रू. १ करोड, प्रशासनिक भवनमा रू. २ करोड ५० लाख, वडा कार्यालय भवन निर्माणमा रू. १ करोड बजेट विनियोजन गरेको पनि उनले जानकारी दिइन् ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्