ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

मकवानपुरका तीन गाउँपालिकाको बजेट रू. २ अर्ब १ करोड

२०७७ असार, १४  
वाग्मती प्रदेश
NA
author avatar अभियान संवाददाता

हेटौंडा । मकवानपुरका बकैया, मनहरि र मकवानपुरगढी गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि रू. २ अर्ब १ करोड ११ लाख ११ हजारको बजेट सार्वजनिक गरेका छन् । बुधवार सम्पन्न ३ ओटै पालिकाको गाउँसभामा उक्त बजेट प्रस्तुत गरिएको हो । शिक्षा, स्वास्थ्य, पूर्वाधार र पर्यटनलगायत क्षेत्रको विकासलाई बजेटले प्राथमिकतामा राखेको छ ।

बकैया गाउँपालिका
पूर्वी मकवानपुरको बकैया गाउ“पालिकाले रू. ६५ करोड १९ लाख ६९ हजारको अनुमानित बजेट सार्वजनिक गरेको छ । गाउँपालिका उपाध्यक्ष सरला बोलखेले आगामी आवका लागि अनुमानित बजेट सार्वजनिक तथा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।

कार्यालय सञ्चालन तथा प्रशासनिक कामका लागि रू. ७ करोड र विकास खर्चका लागि रू. ५८ करोड विनियोजन गरिएको छ । कृषि, पर्यटन, पूर्वाधार विकास, ग्रामीण विद्युतीकरण, खानेपानी, सडक कालोपत्र, स्वरोजगार, विभिन्न तालीम सञ्चालनलगायत कार्यक्रम बजेटमा समावेश छ ।

मनहरि गाउँपालिका
मनहरि गाउँपालिकाले रू. ७६ करोड १६ लाख ३५ हजारको अनुमानित बजेट सार्वजनिक गरेको छ । गाउँसभा बैठकमा उपाध्यक्ष मनिला विष्टले अनुमानित बजेट र वार्षिक नीति तथा कार्यक्रम सभामा पेश गरेकी हुन् ।

आर्थिक, सामाजिक, भौतिक तथा मानवीय विकासका गतिविधि सम्पादन गरी गाउँपालिकालाई सक्षम र समृद्ध बनाइने योजना नीति तथा कार्यक्रममा उल्लेख छ । गाउँपालिकाले आगामी आवमा विशेषगरी कृषि, पर्यटन, पूर्वाधार विकास, खानेपानी, सडक सुधार तथा सडक कालोपत्र, ग्रामीण विद्युतीकरण, शिक्षा स्वास्थ्य रोजगार जस्ता क्षेत्रमा प्रभावकारी काम गर्ने लक्ष्य लिएको छ ।

मकवानपुरगढी गाउँपालिका
मकवानपुरगढीले रू. ५९ करोड ७५ लाख ७ हजारको अनुमानित बजेट पेश गरेको छ । आम्दानीतर्फ संघीय सरकार र प्रदेश सरकार वित्तीय समानीकरण अनुदान रू. १० करोड ९० लाख ५८ हजार प्राप्त भएको, राजस्व बाँडफाँटतर्फ रू. १६ करोड ११ लाख ५९ हजार प्राप्त हुने अनुमान छ । त्यस्तै आन्तरिक आयतर्फ रू. २ करोड ९१ लाख ३० हजार, संघीय र प्रदेश सरकार सशर्त अनुदान रू. २२ करोड ५ लाख ६० हजार, समपुरक अनुदान रू. ५ करोड, विशेष अनुदान रू. २ करोड ७६ लाख प्राप्त हुने अनुमानसहित विवरण पेश गरिएको बताइएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्