ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

दाङका स्थानीय तहको कुल बजेट रू. ८ अर्ब ४० करोड

२०७७ असार, १४  
प्रदेश ०५
NA
author avatar अभियान संवाददाता

दाङ । दाङका १० ओटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि बजेट सार्वजनिक गरेका छन् । स्वास्थ्य, शिक्षा, कृषि र पूर्वाधार निर्माणलाई लक्षित गरी २ ओटा उपमहानगरपालिका, एउटा नगरपालिका र ७ ओटा गाउँपालिकाले नगरसभा एवं गाउँसभामार्फत बुधवार बजेट सार्वजनिक गरेका हुन् । यहाँका सबै स्थानीय तहको कुल बजेट रू. ८ अर्ब ४० करोड ३५ लाख ३२ हजार ९२८ अनुमान गरिएको छ ।

सबैभन्दा बढी तुलसीपुर उपमहानगरपालिकाले रू. २ अर्ब ३४ करोड ३७ लाख ६४ हजार बजेट सार्वजनिक गरेको छ । विकास बजेट अर्थात पूँजीगत खर्चतर्फ रू. १ अर्ब ६८ करोड ४७ लाख र चालू खर्चतर्फ रू. ६६ करोड २० लाख ६४ हजार बिनियोजन गरिएको उपमेयर माया आचार्यले जानकारी दिइन् ।

त्यसैगरी घोराही उपमहानगरपालिकाले रू. १ अर्ब ८५ करोड २२ लाख ९३ हजारको बजेट सार्वजनिक गरेको छ । उपमेयर सिता सिग्देल न्यौपानेले चालू खर्चतर्फ रू. १ अर्ब ८ करोड ५७ लाख २२ हजार र पूँजीगततर्फ रू. ७६ करोड ६५ लाख ७१ हजार रूपैयाँ बजेट विनियोजन गरेकी हुन् । त्यस्तै लमही नगरपालिकाले चालू खर्चतर्फ रू. १४ करोड ७२ लाख र पूँजीगत खर्चतर्फ रू. ६३ करोड ४६ लाखसहित कुल रू. ८३ करोड ७४ लाख ५६ हजारको बजेट सार्वजनिक गरेको छ ।

त्यसैगरी बंगलाचुली गाउँपालिकाले चालू खर्चतर्फ रू. २८ करोड ९९ लाख र पूँजीगत खर्चतर्फ रू. २२ करोड ४६ लाख गरी रू. ५१ करोड ६३ लाखको बजेट ल्याएको छ भने बबई गाउँपालिकाले रू. ४६ करोड २१ लाख ५६ हजारको बजेट प्रस्तुत गरेको छ । उक्त बजेटमा रू. ७ करोड १७ लाख ३६ हजार चालू र रू. १७ करोड २१ लाख ७० हजार पूँजीगत खर्चका लागि छुट्ट्याइएको छ ।

राजपुर गाउँपालिकाले रू. ५० करोड ८७ लाख १७ हजारको बजेट ल्याएको छ । चालू खर्चतर्फ रू. १० करोड १३ लाख ६७ हजार र पुँजीगत तर्फ रू. ४० करोड ७३ लाख ५० हजार छुट्ट्याइएको छ । त्यस्तै दंगीशरण गाउँपालिकाले रू. ३९ करोड ९० लाख १४ हजारको बजेट सार्वजनिक गर्दै चालूतर्फ रू. ६ करोढ ७१ लाख र पूँजीगततर्फ रू. ३५ करोड छुट्ट्याएको छ ।

यस्तै शान्तिनगर गाउँपालिकाले चालूतर्फ रू. २७ करोड ८ लाख ९६ हजार र पूँजीगततर्फ रू. १६ करोड ४६ लाख गरी कुल रू. ४३ करोड ५४ लाख ९६ हजार बजेट सार्वजनिक गरेको छ । त्यसैगरी राप्ती गाउँपालिकाले रू. ५२ करोड ६५ लाख ११ हजार बजेट सार्वजनिक गरेको छ भने गढवा गाउँपालिकाले  रू. ५२ करोड १८ लाख २४ हजारको बजेट ल्याएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्