ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

एनआईसी एशिया लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

२०७७ असार, १४  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असार १४, काठमाडौं । असार १० गतेदेखि विक्रीमा आएको एनआईसी एशिया लघुवित्तको आईपीओमा आवेदन दिने आइतवार (आज) अन्तिम दिन रहेको छ । विक्री खुला भएको पहिलो दिनमै मागभन्दा बढी आवेदन परेको यस कम्पनीको आईपीओ विक्रीको छिटो अवधिभित्रै विक्री बन्द हुन लागेको हो ।

यस कम्पनीको आईपीओमा शुक्रवार ३ः३० बजेसम्म २ लाख ९० हजार आवेदकबाट १ करोड ६२ लाख कित्ताका लागि आवेदन परेको छ । यो आवेदन मागभन्दा ३ दशमलव ६५ गुणा बढी हो । कम्पनीले सर्वसाधारणका लागि छुट्याएको कुल ४७ लाख ५५ हजार कित्तामध्ये ७४ हजार कर्मचारीका लागि सुरक्षित गरी २ लाख ३७ हजार ८०० कित्ता सामूहिक लगानी कोषका लागि बाँडफाँटपछि बाँकी ४४ लाख ४३ हजार २०० कित्ता शेयर सार्वजनिक निष्कासन मार्फत विक्रीमा ल्याएको हो ।

यो आईपीओ खरीद गर्न चाहनेले न्यूनतम १० कित्ता र अधिकतममा २ लाख कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था छ । आवेदकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सी–आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । 

कम्पनीले निष्कासन गरेको आईपीओलाई केयर रेटिङ नेपालले आधारभूत पक्ष औसतभन्दा तल रहेको बुझाउने ग्रेड ४ रेटिङ प्रदान गरेको छ । हाल रू. १ अर्ब ४५ लाख चुक्तापूँजी रहेको कम्पनीको आईपीओ निष्कासनपछि चुक्तापूँजी रू. १ अर्ब ४८ करोड पुग्नेछ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्