ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

गुराँस लाइफ इन्स्योरेन्सको शतप्रतिशत हकप्रद शेयर विक्रीमा 

२०७७ असार, १४  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असार १४, काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले शतप्रतिशत हकप्रद शेयर असार १४ गतेदेखि विक्रीमा ल्याएको छ ।

कम्पनीले रू. १०० अंकति दरका ९३ लाख ८५ हजार २०० कित्ता हकप्रद शेयर विक्रीमा ल्याएको हो । यस हकप्रदमा फागुन २२ गतेभन्दा अघिल्लो दिनसम्म कायम शेयरधनीहरुले आवेदन दिन सक्नेछन् । 

यस अघि चैत २० गतेदेखि हकप्रद शेयर विक्री गर्ने तयारी गरेको उक्त कम्पनीले कोरोना संक्रमणका कारण स्थगित गरेको थियो । पछिल्लो समय लकडाउनको अवस्था सामान्य भएसँगै कम्पनीले उक्त हकप्रद निष्कासन गरेको हो । 

साउन ४ गतेसम्म विक्रीमा रहने यस हकप्रद शेयरमा मेरोशेयर मार्फत र सि–आस्वा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ । उक्त हकप्रद शेयरको विक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।

उक्त कम्पनीले हाल कायम चुक्तापूँजी रू. ९३ करोड ८५ लाख २० हजार चुक्तापूँजीको आधारमा शतपतिशत हकप्रद विक्री गर्न लागेको हो । उक्त हकप्रद विक्री गर्न कम्पनीले माघ २१ गते बोर्डको स्वीकृति पाएको थियो । 

उक्त कम्पनीले चालू आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा रू. ८ करोड ३७ लाख ६० हजार खुद नाफा गरेको छ । गत वर्ष यसै अवधिमा कम्पनीले रू. ५ करोड ६५ लाख ८९ हजार खुद नाफा गरेको थियो । 
गत वर्षभन्दा यस वर्ष कम्पनीको खुद नाफा बढी भएको हो । वार्षिक प्रतिशेयर आम्दानी रू. ११ दशमलव ९० र प्रतिशेयर नेटवर्थ रू. १४३ दशमलव ७५ रहेको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्