ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

नेपाल इन्स्योरेन्सको नगद लाभांश बैंक खातामा जम्मा 

२०७७ असार, १४  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असार १४, काठमाडौं । नेपाल इन्स्योरेन्सले असार ५ गते ७१ औं वार्षिक साधारण सभाबाट पारित गरेको २ दशमलव ८९ प्रतिशत नगद लाभांश शेयरधनीहरुको बैंक खातामा जम्मा गरेको छ । 

कम्पनीले चैत ३ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गर्नेहरुको हकमा समेत नगद लाभांश बैंक खातामानै जम्मा गरेको जानकारी दिएको छ ।

गत चैत ३ गतेसम्ममा आफ्नो बैंक खाता अद्यावधिक गर्दा बैंक खाताको विवरण हुबहु नभइ नगद लाभांश प्राप्त गर्न नसकेका शेयरधनीहरुको विवरण कम्पनीको शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटलको वेब साइटमा राखिएको कम्पनीले बताएको छ । 

शेयरधनीहरुले उपलब्ध गराएको बैंक खाताको विवरण गलत भइ अरूको नाममा लाभांश रकम जम्मा भएमा त्यसको जिम्वेवार शेयरधनी स्वयं हुनेसमेत कम्पनीले बताएको छ । 

साथै हालसम्म आफ्नो शेयर प्रमाणपत्र अभौतिकीकरण नगराएका शेयरधनीहरुले यथाशिघ्र गराइ बैंक खाता पनि अद्यावधिक गराउन कम्पनीले भनेको छ ।

 यस वर्ष नेपाल इन्स्योरेन्सले ५ प्रतिशत बोनस शेयर समेत दिने प्रस्ताव सोहि सभामार्फत पारित गरिसकेको छ । बोनस शेयर भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएपछि शेयरधनीहरुको हितग्राही खातामा जम्मा हुनेछ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्