ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

नेपाल इन्भेष्टमेण्ट बैंकले जम्मा गर्‍यो बोनस शेयर हितग्राही खातामा 

२०७७ असार, १४  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असार १४, काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले १० दशमलव ५ प्रतिशत बोनस शेयर सदस्यहरुको हितग्राही खातामा जम्मा गरेको छ । 

उक्त कम्पनीले आइतवार सूचनामार्फत गत पुस २८ गते ३३ औं वार्षिक साधारण सभाबाट पारित गरेको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्स) मा सूचीकृत गराएपश्चात हितग्राही खातामा जम्मा गरेको बताएको हो । 

कम्पनीले पुस १३ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको हकमा बोनस शेयर हितग्राही जम्मा गरेको हो । सो मितिपश्चात शेयर अभौतिकीकरण गराएकाहरुको हकमा क्रमश : बोनस शेयर जम्मा हुने समेत उक्त कम्पनीले बताएको छ ।
 
हालसम्म पनि शेयर अभौतिकीकरण नगराएकाहरुलाई यथाशिघ्र गराई आफ्नो बोनस शेयर हितग्राही खातामा प्राप्त गर्न कम्पनीले भनेको छ ।

पुस १३ गतेसम्म शेयर बन्धक राखी कर्जा लिएका शेयरधनीहरुको हकमा बोनस शेयरसमेत कर्जा प्रवाह गर्ने सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरुको नाममानै रोक्का जनाई जम्मा हुने हुदाँ शेयर रोक्का रहे नरहेको यकिन गर्न समेत कम्पनीले भनेको छ । 

उक्त कम्पनीले नेप्सेमा भने जेठ ११ गते बोनस शेयर सूचीकृत गराएको हो । बोनस शेयर हितग्राही खातामा प्राप्त गरिसकेका शेयरधनीहरुले बजार सुचारु भएपछि कारोबार गर्न सक्नेछन् ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्