ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

शेयर बजार सोमवारदेखि खुल्ने

२०७७ असार, १४  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असार १४, काठमाडौं । शेयर बजार सोमवारदेखि खुल्ने भएको छ । 

आइतवार नेपाल धितोपत्र बोर्डको सञ्चालक समितिको बैठकले सोमवारदेखि बजार सुचारु गर्न निर्देशन दिने निर्णय गरेको हो । बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले मोडालिटीको वारेमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई नै जिम्वेवारी दिने गरि बजार खुला गर्न निर्देशन दिन लागिएको जानकारी दिए ।

 शेयर बजार खोल्ने या नखोल्ने बारेमा नियामक निकायबीच मतैक्य रहेकै बेला अन्तत : बोर्ड शेयर बजार खोल्ने निष्कर्षमा पुगेको हो ।

गत चैत १० गतेदेखि बन्द बजार लकडाउनका विच वैशाख ३० र ३१ गते खुला भएपनि पुनः बन्द भएको थियो । यो बीचमा बजारमा सुधार गर्नुपर्ने केहि कुराहरु सुधार गरेर खुला गर्न लागिएको बोर्डको भनाइ छ । 
बजार खुला गर्ने निर्णय गर्नुपूर्व बोर्डको नेतृत्वमा गत साताको आइतवार बजार सम्वद्ध सरोकारवाला निकायहरुहरु सम्मिलित अध्ययन कमिटि गठन भएको थियो । 

उक्त कमिटिले बजार सुचारु गर्न सुझाब दिएसँगै बोर्डले सोमवारदेखि खुला गर्ने निष्कर्ष निकालेको हो । 

हेर्नुस् नेप्सेको सूचना :

हेर्नुस् धितोपत्र बोर्डको सूचना :


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्