ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

एनआइबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित तिन योजनाको नाफामा वृद्धि

२०७७ असार, १४  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असार १४, काठमाडौं । एनआइबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित तिन योजनाको नाफा जेठ मसान्तसम्ममा वृद्धि भएको छ । 

एनआइबिएल समृद्धि फण्ड  १ ,एनआइबिएल सहभागिता फण्ड र एनआइबिएल प्रगति फण्डको नाफा बढेको हो ।  जेठ मसान्तसम्ममा एनआइआइबिएल  प्रगति फण्डले रू. १ करोड ९६ लाख नाफा कमाएको छ । 

वैशाख मसान्तसम्मको तुलनामा १४ प्रतिशतले वृद्धि भएको हो । त्यसैगरी एनआइबिएल सहभागिता फण्डकोे वैशाख मसान्तमा रू. ५ लाख २५ हजार ऋणात्मक  रहेकोमा  जेठ मसान्तमा रू. १५ लाख ५७ हजार नाफा कमाएको हो ।

एनआइबिएल  समृद्धि फण्ड– १ ले जेठ मसान्तमा रू.३ करोड ४५ लाख नाफा कमाएको छ । यो नाफा वैशाख मसान्तसम्ममा रू. ३ करोड १९ लाख नाफा कमाएको थियो । 

वैशाख मसान्तको तुलनामा तिनै योजनाको प्रतिइकाई खुद मूल्य जेठ मसान्तमा वृद्धि भएको छ । एनआइबिएल समृद्धि फण्ड– १ को वैशाख मसान्तमा प्रतिइकाई खुद मूल्य रू. १० दशमलव ३६ रहेकोमा जेठ मसान्तमा रू. १० दशमलव ३९ पुगेको छ ।

 त्यसैगरी एनआइबिएल सहभागिता फण्डको जेठ मसान्तमा प्रतिइकाई खुद मूल्य रू. १० दशमलव ०५ पुगेको छ । यो मूल्य वैशाख मसान्तमा रू. ९ दशमलव ९१ थियो । एनआइबिएल प्रगति फण्डको वैशााख मसान्तमा प्रतिइकाई खुद मूल्य रू. ८ दशमलव ५१ रहेकोमा जेठ मसान्तमा रू. ८ दशमलव ५४ पुगेको छ । 
जेठ मसान्तमा ती तिनै योजनाको लगानीको लागत मूल्यभन्दा बजार मूल्य कमि छ । 

एनआइबिएल समृद्धि फण्ड– १ ले जेठ मसान्तसम्ममा सूचीकृत तथा सूचीकृत नभएका शेयर तथा डिबेञ्चर तथा मुद्धति निक्षेपमा भएको लगानीको परल मूल्य (धितोपत्र  दलाल कमिशनसहित) गरेर रू.९३ करोड १९ लाख रहेकोमा यसको बजार मूल्य रू. ८८ करोड २ लाख रहेको छ । 

त्यसैगरी एनआइबिएल सहभागित फण्डको जेठ मसान्तको लागानीको लागत मूल्य रू.१५ करोड २३ लाख रहेकोमा यसको बजार मूल्य रू. १४ करोड ३९ लाख रहेको छ । 
एनआइबिएल प्रगति फण्डको जेठ मसान्तसम्ममा लगानीको लागत मूल्य रू.७२ करोड १६ लाख रहेकोमा यसको बजार मूल्य रू. ५८ करोड ५१ लाख रहेको हो । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्