ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

एनएमबि म्युचुअल फण्डका दुई योजनाको लगानीे लागत मूल्यभन्दा बजार मूल्य बढी 

२०७७ असार, १४  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असार १४, काठमाडौं । एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुई योजनाको लगानी जेठ मसान्तसम्ममा लागत मूल्यभन्दा बजार मूल्य बढी रहेको छ । 

एनएमबि फिप्टी र एनएमबि हाईब्रिड फण्ड एल– १ को लगानीको लागत मूल्यभन्दा बजार मूल्य बढी रहेको हो । 

जेठ मसान्तसम्ममा एनएमबि हाईब्रिड फण्ड एल– १ ले सूचीकृत तथा सूचीकृत नभएको शेयर तथा डिबेञ्चरमा गरेको लगानीको लागत मूल्य रू. ७९ करोड रहेकोमा यसको बजार मूल्य रू. ८० करोड २९ लाख रहेको छ । 

त्यसैगरी एनएमबि फिप्टीको जेठ मसान्तमा लागनीको लागत मूल्य रू. ३९ करोड ७६ लाख रहेकोमा यसको बजार मूल्य रू. ५२ करोड ३४ लाख रहेको छ । 
एनएमबि फिप्टीले जेठ मसान्तसम्ममा रू. ५ करोड २१ लाख नाफा कमाएको छ ।

यो नाफा वैशाख मसान्तमा रू. ४ करोड ९६ लाख थियो । यस योजनाको जेठ मसान्त सम्ममा प्रतिइकाई खुद मूल्य रू. १० दशमलव ४२ रहेको छ ।

यो मूल्य वैशाख मसान्तसम्ममा रू. १० दशमलव ४० थियो । त्यसैगरी एनएमबि हाइब्रिड एल– १ ले जेठ मसान्तसम्ममा रू. ७ करोड ८ लाख नाफा कमाएको छ । वैशाख मसान्तसम्ममा उक्त योजनाले रू. ६ करोड ७६ लाख नाफा कमाएको थियो । 

वैशाख मसान्तसम्ममा उक्त योजनाको प्रतिइकाई खुद मूल्य रू. १० दशमलव ६९ रहेकोमा जेठ मसान्तसम्ममा रू. १० दशमलव ७२ पुगेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्