ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सलहको झुण्ड चितवन र प्यूठानमा पुग्यो *      

२०७७ असार, १४  
वाग्मती प्रदेश
Image Not Found
प्रतिकात्मक तस्वीर

असार १४, चितवन । पूर्वी चितवनको कालिका र खैरहनी नगरपालिकामा सलह कीरा देखिएका छन् । कालिका नगरपालिका–३ को २०० बिघा भन्ने स्थानको ९६ बिघामा र खैरहनी नगरपालिकाको पर्सामा कीरा देखिएको हो ।     
     
 प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनका प्रमुख मेघनाथ तिमल्सेनाका अनुसार कालिका नगरपालिकाका स्थानीयवासीले आइतवार बिहान गुलेलीले हानेर तर्साएपछि त्यहाँ रहेको सो कीराका सानो झुण्ड वनतर्फ गएको छ ।     
     
 सो क्षेत्रमा परियोजना, कृषि ज्ञान केन्द्र र नगरपालिकाका कृषि प्राविधिकले अध्ययन गरिरहेको उनले जानकारी दिए । यसैगरी शनिवार साँझ खैरहनी नगरपालिकाको पर्सा क्षेत्रमा आकाशमा सानो झुण्ड उडेको जानकारी स्थानीय कृषि प्राविधिकले गराएको उनले बताए ।
   
     
उनले जिल्लामा कहीं देखिएमा तत्काल खबर गर्न अनुरोध गरिएको जानकारी दिए । यससँगै भरतपुर महानगरपालिका र इच्छाकामना गाउँपालिका क्षेत्रमा फाट्टफुट्ट देखिएको भन्ने जानकारी सो केन्द्रमा आएको बताइएको छ ।     
     
 सो केन्द्रका प्रमुख राजन ढकालले आइतवारै वाग्मती प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा बैठक बस्न लागेको बताए ।

कृषि तथा वन विज्ञान विश्वविद्यालय, नेपाल कृषि अनुसन्धान परिषद्, परियोजना, केन्द्रलगायत संस्थाका विज्ञ र मन्त्रालयका उच्च अधिकारीका बीचमा सो विषयमा छलफल हुने बताइएको छ ।

उनले मकै बाली तत्काल थन्काउन, चैते धान यथाशिघ्र काट्न, रोपाइँ भइरहेको ठाउँमा काम रोकेर नर्सरी जोगाउन र तरकारीका बेर्ना जोगाउन कृषकलाई अपिल गरिएको उल्लेख गरे   ।   
     
 प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले सम्बन्धित कार्यालयका प्रमुखलाई कीरा रोकथाममा तत्काल जुट्न र के कस्तो सहयोग आवश्यक पर्छ भन्ने जानकारी दिन निर्देशन दिइएको बताए ।

यसैबीच हाम्रा सम्वाददाताका अनुसार सलह कीरा प्यूठानमा पनि देखा परेको छ । तराईका जिल्ला हुँदै आइतवार विहान प्यूठान प्रवेश गरेको हो ।  बिहान प्यूठानको दक्षिणी क्षेत्र सरुमारानी गाउँपालिकाको १ बाङ्गेशालामा देखिएको सरुमारानी गाउँपालिकाको कृषि शाखा प्रमुख चम्मा पाण्डेले बताइन् ।

उनका अनुसार सलह कीरा हो कि होइन भनेर अनुसन्धान गर्न कृषि बिज्ञ टोली त्यसतर्फ गएका छन् । स्थानीयले  ६/ ७ हजारको झुण्डमा सलह देखिएको र त्यहाँको मकै बालीमा क्षति पुर्‍याएको छ । *साथमा रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्