ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

समुदायमा रहेका ३ जनामा संक्रमण भेटिएसँगै बागलुङ संक्रमणको दोस्रो चरणमा

२०७७ असार, १४  
गण्डकी प्रदेश
Image Not Found
author avatar अर्जुन कार्की

असार १४, बागलुङ । बागलुङ जिल्ला कोरोना संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको छ । शनिवार राती बागलुङका २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २८ जनामध्ये ३ जना समुदायका रहेको पाइएसँगै बागलुङमा कोरोना संक्रमण दोस्रो चरणमा प्रवेश गरेको पुष्टि भएको हो । 

शनिवार राती बागलुङ नगरपालिकाका १७ जना, काठेखोला गाउँपालिकाका ५ जना र बडिगाड गाउँपालकाका ६ जनालाई संक्रमण पुष्टि भएको हो । 

उनीहरु मध्ये काठेखोला गाउँपालिकाका ५ जना मध्ये भारतबाट आएर अमर माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेका २ जना, १ जना क्वारेन्टाइनमा कार्यरत सुरक्षाकर्मी र दुई जना क्वारेन्टाइनमा काम गर्ने रहेको गाउँपालिकाका अध्यक्ष अमर बहादुर थापाले जानकारी दिए । उनले क्वारेन्टाइनमा काम गर्ने मध्ये १ जना खाना खुवाउने महिला र एक जना पुरुष सहयोगी रहेको बताए ।

अध्यक्ष थापाले सुरक्षा अपनाउँदा अपनाउँदै संक्रमण दोस्रो चरणमा पुगेको बताउँदै उक्त क्षेत्र सिल गर्ने निर्णय गरेको बताए । उनले अहिले कन्ट्याक ट्रेसिङको काम भइरहेको र उनीहरुको स्वाब परीक्षण गरिने बताए ।

संक्रमितहरु मध्ये २ जना महिला धौलागिरी अस्पताल बागलुङको आइसोलेशनमा र अन्य सबैलाई धौलागिरी बहिरा आवासिय माध्यमिक विद्यालयको प्रि–आइसोलेशनमा राखिएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्