ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

भारतमा संक्रमितको संख्या बढ्ने क्रम जारी : एकैदिन भेटिए २० हजार संक्रमित

२०७७ असार, १४  
अन्तरराष्ट्रिय
Image Not Found

असार १४, नयाँ दिल्ली । भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितहरुको संख्या प्रतिदिन वृद्धि हुँदै गएको छ । 

कतिपय देशहरुमा संक्रमितको संख्या घटे पनि भारतमा भने झन् झन् बढ्दै गइरहेको भन्दै स्वास्थ्य क्षेत्रमा कार्यरत भारतीय अधिकारीहरूले चिन्ता व्यक्त गरेका छन् । 

सरकारी अधिकारीहरुले आइतवार विहान दिएको जानकारी अनुसार भारतमा पछिल्लो २४ घण्टामा १९ हजार ९०६ जना संक्रमित भएका हुन् । 

यो सँगै भारतमा कुल संक्रमितको संख्या पाँच लाख २८ हजार ८५९ पुगेको अधिकारीहरुले जानकारी दिएका छन् । 

भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा अहिले पनि संक्रमित अवस्थामै रहेकाहरुको संख्या दुई लाख तीन हजार ५१ पुगेको छ । 

त्यसैगरी कोरोना भाइरसबाट संक्रमित भएर पनि संक्रमणमुक्त भई घर फर्केकाहरुको संख्या तीन लाख नौ हजार ७३१ पुगेको अधिकारीहरुले जानकारी दिएका छन् ।  

भारतमा पछिल्लो २४ घण्टामा मात्रै कोरोना भाइरसका कारण ४१० जनाको मृत्यु भएको पनि मन्त्रालयले जानकारी दिएको छ । योसँगै कुल मृतकको संख्या १६ हजार ९५ पुगेको जानकारी दिइएको छ । 

कोरोना भाइरसबाट सबैभन्दा प्रभावित महाराष्ट्र प्रदेशमा मात्रै अहिलेसम्म एक लाख ५९ हजार १३३ जना संक्रमित भएका छन् । 

त्यसैगरी राजधानी समेत रहेको दिल्ली प्रदेशमा भने ८० हजार १८८ जना संक्रमित भएको जानकारी दिइएको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्