ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

अन्तरराष्ट्रिय बजारमा अस्थिर रहेको सुनको मूल्य फेरि बढ्यो    

२०७७ असार, १४  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

असार १४, काठमाडौं । कोरोना महामारीका कारण अन्तरराष्ट्रिय बजारमा अस्थिर रहेको सुनको मूल्य स्थानीय बजारमा आइतवार अप्रत्याशित रुपमा बढेको छ ।     
     
 नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवार बजार खुल्नेबित्तिकै छापावाल सुनको मूल्य प्रतितोला रू. ९१ हजार ३०० कायम छ भने तेजाबी सुनको मूल्य प्रतितोला रू. ९० हजार ८६० निर्धारण गरिएको छ । 

महासंघले प्रतितोला चाँदीको मूल्य रू. ९४५ तोकेको छ । अघिल्लो साताको तुलनामा चाँदीको मूल्य भने प्रतितोला रू.५ वृद्धि भएको छ । कोरोना भाइरस संक्रमण तथा रोकथामका लागि सरकारले लकडाउन शुरु गरेयता जेठ २५ गते प्रतितोला तोला सुनको  मूल्य रू.१० हजार ४०० ले बढेर रू. ८७ हजार पुगेको थियो ।

त्यसपछि लगातार पहेंलो धातु सुनको मूल्य बढ्ने क्रम निरन्तर रहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्