ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सानिमा इक्वीटी फण्डको सार्वजनिक निष्कासनको लगानी मूल्य बढ्यो 

२०७७ असार, १४  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असार १४, काठमाडौं । सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सानिमा इक्वीटी फण्डको जेठ महीनामा सार्वजनिक निष्कासनको लगानी मूल्य बढेको छ । 

दोस्रो बजार बन्द भएको अवस्थामा उक्त योजनाको सूचीकृत शेयरमा स्थिर रहेको मूल्य सार्वजनिक निष्कासनका शेयरहरुमा लगानी बढेको हो । 

वैशाख महीनासम्म रू. ५ करोड २२ लाख ७१ हजार रहेको सार्वजनिक निष्कासन, हकप्रद तथा बोनस शेयरमा गरेको लगानी मूल्य जेठ महीनामा रू. ५ करोड ४४ लाख ३३ हजार पुगेको छ । 
जेठ महीनासम्म उक्त योनजाको धितोपत्र तथा अन्य लगानी मूल्य रू. १ अर्ब ११ करोड १२ हजार पुगेको छ । 

यो मूल्य वैशाख महीनाको अन्त्यसम्म रू. १ अर्ब १० करोड ७८ लाख ५० हजार थियो । उक्त योजनाको बैंक मौज्दात रू. २१ करोड ७ लाख १७ हजार छ । प्रतिइकाई खुद मूल्य स्थिर रहि रू. १० दशमलव ११ कायम भएको छ । 

जेठ महीनामा उक्त योजनाले रू. १ करोड ५ लाख ५२ हजार नाफा गरेको छ । यो नाफा वैशाख महीनाको अन्त्यसम्म रू. १ करोड ६ लाख १२ हजार थियो । 

वैशाख महीनाको तुलनामा जेठमा योजनाको नाफामा कमि आएको छ । वैशाख महीनामा रू. ३ करोड ७६ लाख ७८ हजार आम्दानी गरेको उक्त योजनाले जेठ महीनामा रू. ४ करोड ४ लाख २५ हजार आम्दानी गरेको छ । आम्दानी बढे पनि खर्च बढी भएकाले नाफामा कमि आएको हो ।

वैशाख महीनामा रू. २ करोड ७० लाख खर्च गरेकोमा जेठ महीनामा रू. २ करोड ९८ लाखभन्दा बढी खर्च भएको छ । जेठ महीनासम्मको विवरण अनुसार उक्त योजनाले रू. २ करोड ८८ लाख ४६ हजार आम्दानी प्राप्त गर्न बाँकी रहेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्