ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

भारतमा २१ दिनमा रोकियो  इन्धनको मूल्य वृद्धि 

२०७७ असार, १४  
अन्तरराष्ट्रिय
Image Not Found

असार १४, नयाँ दिल्ली (भारत) । भारतमा हालैका हप्तामा इन्धनको भाउ निरन्तर बढिरहेको थियो । तर आइतवार भने मूल्य वृद्धिको क्रम टुटेको छ । 

लगातार २० दिनसम्म बढेको पेट्रोलियम पदार्थको भाउ आइतवार भने यथावत् रहेको छ । आइतवार दिल्लीमा पेट्रोलको भाउ प्रतिलिटर ८० रुपया ३८ पैसा कायम भएको छ । डिजेल पनि प्रतिलिटर ८० रुपया ४० पैसामा किनबेच भएको छ । 

अघिल्लो दिन अर्थात् जुन २७ मा भने दुबैको भाउ क्रमशः २५ पैसा र २१ पैसा बढेको थियो । 

कोरोना भाइरसको महामारीबीच ८२ दिनसम्म अवरद्ध रहेको मूल्य समायोजना जुन ७ मा सुचारु भएको थियो । भारतले लकडाउन लगाउनु अघि भने दिल्लीमा पेट्रोलको भाउ प्रतिलिटर ६९ रुपया ६० पैसा र ६२ रुपया ३० पैसा रहेको थियो । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्