ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

जुकरबर्गले गुमाए ७ अर्ब डलर 

२०७७ असार, १४  
अन्तरराष्ट्रिय
Image Not Found

असार १४, सन फ्रान्सिस्को (अमेरिका) । सामाजिक सञ्जाल फेसबुकका संस्थापक तथा सीईओ मार्क जुकरबर्गले ७ अर्ब डलरभन्दा धेरै गुमाएका छन् । 

एकपछि अर्को गर्दै कम्पनीहरुले फेसबुकबाट विज्ञापन झिकेपछि शुक्रवार कम्पनीको शेयर मूल्यमा तीन महीनायताकै तीव्र कमी आएको थियो । योसँगै शुक्रवार जुकरबर्गको नेटवर्थ एकै दिन ७ अर्ब डलरभन्दा धेरैले घटेको हो ।

विश्वको सबैभन्दा ठूलो विज्ञापनदाता मध्ये एक बेलायती–डच कञ्जुमर गूड्ज निर्माता कम्पनी युनिलिभरले शुक्रवार सामाजिक सञ्जालमा विज्ञापन बहिष्कार गरेको थियो । यस वर्षभर कम्पनीले फेसबुकमा विज्ञापन खर्च बन्द गर्ने भएको छ । 

यो खबर सार्वजनिक भएसँगै उक्त दिन कम्पनीको शेयर मूल्य ८ दशमलव ३ प्रतिशतले घटेको थियो । बजार पूँजीकरण ५६ अर्ब डलर तल आएको थियो । फलत : जुकरबर्गको नेटवर्थ पनि ७ अर्ब २० करोड डलरले घटेर ८२ अर्ब ३० करोड डलरमा समेटिएको अमेरिकी पत्रिका ब्लुम्बर्ग बिलेनियर्स इन्डेक्सले देखाएको छ ।

योसँगै उनी विश्वको सर्वाधिक धनीको सूचिमा एक स्थान तल झरेर चौथौं स्थानमा समेटिएका छन् । जुकरबर्गभन्दा अगाडि पहिलो स्थानमा एमाजनका मालिक जेफ बेजोस, माइक्रोसफ्ट कर्पोरेशनका संस्थापक बिल गेट्स र फ्रान्सेली फेशन ब्रान्ड लुई भुट्टोका मालिक बर्नार्ड आर्नल्ट क्रमशः पहिलो देखि तेस्रो स्थानमा रहेका छन् । 

फेसबुकले घृणा उत्पन्न गराउने अभिव्यक्तिहरुलाई पर्याप्त रुपमा खोज्न नसकेको र सामाजिक सञ्जालबाट हटाउन नसकेको भन्दै यसको तीव्र आलोचना भइरहेको छ ।

 यसैबीच ‘स्टप हेट फर प्रोफिट’ अभियानका अभियन्ताहरुले जुलाई महीनाभर फेसबुकमा विज्ञापन खर्च रोक्न गरेको आग्रह मानेर भेरिजोन कम्युनिकेशनदेखि हेर्शेसम्म १०० भन्दा धेरै कम्पनीहरुले फेसबुकमा विज्ञापन बन्द गरेका छन् । 

अमेरिकी हल्का पेय उत्पादक कम्पनी कोका–कोलाले पनि कम्तिमा ३० दिनका लागि सबै सामाजिक सञ्जाल मञ्चहरुमा पैसा दिएर गरिने विज्ञापन रोक्ने बताएको छ । एजेन्सी
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्