ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

तीनमध्ये एक पाकिस्तानी पाइलट नक्कली !

२०७७ असार, १४  
अन्तरराष्ट्रिय
Image Not Found

असार १४, इस्लामावाद (पाकिस्तान) । पाकिस्तानमा ३० प्रतिशतभन्दा धेरै पाइलट नक्कली भएको बताइएको छ । त्यहाँका उड्य्यन मन्त्री गुलाम सर्वार खानले गत हप्ता यस्तो बताएका हुन् । 

उनका अनुसार त्यहाँका २६२ जना पाइलटहरुले पाइलटसम्बन्धि परीक्षा आफैंले दिएका होइनन्, आफ्नो तर्फबाट अरु कसैलाई जाँचमा बस्न पैसा दिएका छन् । ‘उनीहरुसँग उडानको अनुभव नै छैन,’ खानले भनेका छन् । यिनीहरु नक्कली भएको र विमान उडाउने योग्यता नभएको समेत उनले बताए । 

पाकिस्तानमा घरेलु विमान सेवा कम्पनी र केही विदेशी विमान सेवा प्रदायकमा समेत गरेर ८६० जना सक्रिय पाइलट छन् । सरकारी स्वामित्वको विमान सेवा कम्पनी पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआईए)ले नक्कली लाइसेन्स भएका सबै पाइलटहरुलाई तत्कालै लागू हुने गरी कामबाट निकालिदिएको छ ।

‘नक्कली लाइसेन्स पीआईएको मात्रै समस्या होइन्, यो समस्या समग्र पाकिस्तानी हवाई सेवा प्रदायक उद्योगभर व्याप्त छ,’ पीआईएका प्रवक्ता अब्दुल्लाह खानले भने । केही नक्कली पाइलटहरुले विदेशी विमान सेवा प्रदायकका लागि विमानसमेत उडाइरहेको उनको भनाइ छ । 

मे २२ मा दक्षिणी शहर कराँचीमा ९७ जनाको ज्यान जाने गरी भएको विमान दूर्घटनाको प्रराम्भिक प्रतिवेदन गत हप्ता सार्वजनिक भएको थियो । 

दूर्घटनाग्रस्त सो विमानका चालक नक्कली लाइसेन्स वाहक थिए कि भन्नेबारे भने खानले केही पनि बताएका छैनन् । प्रतिवेदनअनुसार पाइलटले कोरोना भाइरसबारे कुरा गरिरहेका थिए र एयर ट्राफिक कन्ट्रोलले दिएको चेतावनी बारम्बार वेवास्ता गरिरहेका थिए । फलत : विमान दूर्घटना भयो । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्