ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

एनआईसी एशिया लघुवित्तको आईपीओमा पर्‍यो ५.१६ गुणा बढी आवेदन

२०७७ असार, १४  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असार १४,  काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले जारी गरेको आईपीओमा अन्तिम दिनसम्ममा ५ दशमलव १६ गुणा आवेदन परेको छ ।

विक्री प्रवन्धक सानिमा क्यापिटलका अनुसार आइतवार साँझ ५ : ३० बजेसम्ममा उक्त कम्पनीको आईपीओमा ४ लाख १२ हजार ३३२ जनाले रू.२ अर्ब २९ करोड ६८ लाख ८७ हजार बराबरको २ करोड २९ लाख ६८ हजार ८७० कित्ता शेयरका लागि आवेदन दिएको बताएको छ । 

उता विक्री प्रवन्धकले अन्तिम तथ्यांक आउन बाँकी भएकाले आवेदकको संख्या सामान्य रुपमा तलमाथि हुने सक्ने बताएको छ ।

यो सर्वसाधारणमा निष्काशन गरिएको कुल शेयरको ५ दशमलव १६ गुणा बढी हो । लगानीकर्ताले आवेदन गरे अनुसार उक्त कम्पनीको आईपीओ जनही १० कित्ताका दरले सवैले पाउने  लगभग निश्चित भएको छ ।

विक्री खुला भएको पहिलो दिनमै मागभन्दा बढी आवेदन परेको उक्त कम्पनीको आईपीओ विक्रीको छिटो अवधिभित्रै निष्काशन बन्द भएको हो ।

कम्पनीले सर्वसाधारणका लागि छुट्याएको कुल ४७ लाख ५५ हजार कित्तामध्ये ७४ हजार कर्मचारीका लागि सुरक्षित गरी २ लाख ३७ हजार ८०० कित्ता सामूहिक लगानी कोषका लागि बाँडफाँटपछि बाँकी ४४ लाख ४३ हजार २०० कित्ता शेयर सार्वजनिक निष्कासन मार्फत विक्रीमा ल्याएको हो ।

हाल रू. १ अर्ब ४५ लाख चुक्तापूँजी रहेको उक्त कम्पनीको आईपीओ विक्रीपछि चुक्तापूँजी रू. १ अर्ब ४८ करोड पुग्नेछ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्