ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

कुखुराको बजार मागलाई उत्पादनले धान्न सकेको छैन

२०७७ असार, १५  
१० वर्ष अघि
NA

कुखुराको बजार मागलाई उत्पादकले धान्न सकेको छैन । त्यसैले विदेशबाट ल्याउनुपरिरहेको छ । नेपालमा अहिले प्रतिहप्ता करिब ८ लाख गोटा चल्ला उत्पादन हुन्छ तर माग चाहिँ करिब ११ लाखको छ । नेपालभरिको उत्पादन र खपतको ५० प्रतिशत हिस्सा काठमाडौं उपत्यकाले ओगटेको छ । नेपालमा हरेक साता एक सय÷दुई सय चल्ला उत्पादन गर्नेदेखि दुई लाखसम्म उत्पादन गर्ने व्यवसायीहरू पनि छन् । दाना उद्योगको अवस्था पनि त्यस्तै छ ।

तत्कालका लागि कुखुराको दाना र कुखुरा निर्यातको सम्भावना छैन किनकि अहिलेसम्म नेपालमा प्यारेन्ट चल्ला माऊजातिको कुखुराको चल्ला जसले विकास कुखुराको उत्पादन गर्छ, उत्पादन हुन सकेको छैन । फिलिपिन्स अमेरिका, अष्ट्रेलियालगायतका देशहरूबाट मासिक ५० देखि ६० हजार प्यारेन्ट चल्ला आउँछ । पहिले पहिले भारतबाट पनि ल्याइन्थ्यो । तर, सन् २००६ मा बर्डफ्लु भेटिएपछि भारतबाट ल्याउन बन्द भएको छ । विश्व स्वाास्थ्य संगठनले बर्डफ्लु नियन्त्रण भएको तीन महिनापछि बल्ल प्यारेन्ट चल्ला निर्यातका लागि अनुमति दिइन्छ । भारतमा सन् २००६ मा पहिलोपटक बर्डफ्लु देखिएपछि पटकपटक नियन्त्रण भएको घोषणा भएको छ । तर प्रत्येक तीन महिनामा फेरि बर्डफ्लु देखिने गरेको छ । धेरैपटक यस्तो भइसकेको छ । त्यसैले भारतबाट प्यारेन्ट चल्ला ल्याएर यहाँ उत्पादन गर्ने अवस्था छैन । एउटा प्यारेन्ट चल्लाको औसतमा करिब ५ रुपैयाँ पर्छ । त्यो हिसाबले मासिक करोडौं रकम प्यारेन्ट चल्ला किन्न बाहिरिने गरेको छ ।

(नेपाल दाना संघका अध्यक्ष नारायणहरि खत्रीसँगको अन्तर्वार्ताबाट)
वर्ष ५, अंक २५, २०६६, फागुन १०–१६

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्