ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

जुम्लाका व्यवसायीद्वारा व्यवसाय सञ्चालनको माग

२०७७ असार, १५  
कर्णाली प्रदेश
NA
author avatar अभियान संवाददाता

वीरेन्द्रनगर । जुम्लाका व्यवसायीले व्यवसाय सञ्चालन गर्न पाउनु पर्ने माग गरेका छन् । कोरोनाको महामारीलाई दृष्टिगत गर्दै प्रशासनले अत्यावश्यक वस्तुबाहेकका पसल नखोल्न आग्रह गरेपछि स्वास्थ्य सुरक्षाका उपायसहित आपूmहरूले पनि व्यवसाय सञ्चालन गर्न पाउनु पर्ने माग गरेका हुन् ।

प्रशासन कार्यालयले बिहान ७ बजेदेखि ९ बजेसम्म अत्यावश्यक पसल खोल्ने बताएसँगै अन्य व्यवसाय पनि सो समयमा सञ्चालन गर्न पाउनुपर्ने उनीहरूको माग छ । फेन्सी, इलेक्ट्रोनिक्स र होटेल व्यवसाय गर्दै आएका जुम्लाका व्यवसायीहरूले सुरक्षाका सामग्री प्रयोग गरेर आपूmहरूले पनि व्यवसाय सञ्चालन गर्न पाउनु पर्ने बताएका हुन् ।

व्यवसायीहरूले जुम्ला उद्योग वाणिज्य संघलाई यससम्बन्धी आवश्यक पहल गरिदिन आग्रह गरेका थिए । सम्पूर्ण व्यापारीहरूको प्रतिनिधित्व गर्दै प्रशासनसमक्ष ज्ञापनपत्र बुझाएको उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष पुरिचन्द्र देवकोटाले बताए । व्यवसायीलाई बैंक तथा वित्तीय संस्थाको ब्याज बुझाउन समेत समस्या भएकाले व्यवसाय सञ्चालन गर्न पहल गरिदिन ज्ञापनपत्र बुझाएको उनको भनाइ छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्