ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सलह पश्चिमी भागमा फैलिने सम्भावना

२०७७ असार, १५  
समाचार
Image Not Found
author avatar प्रशान्त खड्का

काठमाडौं । शनिवार मध्यतराईका बारा, पर्सा, सर्लाही र रूपन्देही जिल्लाबाट नेपाल प्रवेश गरेको सलहको झुन्ड हावाको बहावका कारण पश्चिमी जिल्लाहरूमा पैmलिन सक्ने विज्ञहरूको अनुमान छ ।

आगामी ३ दिनको मौसमको अवस्था पूर्वानुमान गर्दा पूर्वउत्तर हुँदै हावाको बहाव पश्चिमतर्पm जाने देखिएकाले सलह पूर्वी जिल्लाहरूमा भन्दा पश्चिमका जिल्लाहरूमा पैmलिने सम्भावना धेरै देखिएको उनीहरूको भनाइ छ ।

हावाको बहाव जतातिर मोडियो त्यतैतिर सलह उड्ने भएकाले पश्चिमका जिल्लाहरूमा यसको प्रभाव वढ्ने सम्भावना देखिएको प्लान्ट क्वारेन्टाइन एवम् विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव हुमागाईंले जानकारी दिए ।

आइतवार दिउँसोसम्म बारा, पर्सा, रूपन्देही, जनकपुर, काभ्रे, काठमाडौं, ललितपुर, लमजुङ, चितवन, कास्की, प्युठान, पाल्पा, मकवानपुर र दाङलगायत करीब १६ जिल्लामा सलह प्रवेश गरिसकेको उनले बताए । ‘अन्य जिल्लामा सानासाना झुन्ड प्रवेश गरेको भए पनि पाल्पा, मकवानपुर, बारा, पर्सा, चितवन, रूपन्देही र कपिलवस्तुमा भने ठूलो झुन्ड प्रवेश गरेको छ,’ उनले भने ।

कुन जिल्लामा कति संख्यामा सलह पुगेको छ भनेर ट्रेसिङ गर्ने प्रविधि नेपालसँग नभएका कारण नयाँ ठाउँमा देखिएका झुन्ड शनिवार बारामा देखिएका झुन्डबाट छुट्टिएर गएको हो कि भारतबाट नयाँ झुन्ड आएको हो पत्ता लगाउन सकिएको छैन ।

नेपालको मौसमले यसलाई साथ नदिएकाले ठूलो मात्रामा क्षति पुर्‍याउने गरी बालीनाली नखाएको विज्ञहरूले जानकारी दिएका छन् ।

नेपालमा भित्रिएको सलह वयस्क नभएकाले यसले क्षति पुर्‍याउने सम्भावना न्यून रहेको कीटविज्ञ तथा नेपाल कृषि अनुसन्धान केन्द्र परिषद् कीट विज्ञान शाखाका पूर्वप्रमुख डा. समुद्रलाल जोशीेले भने । ‘वयस्कले फुल पार्नुपर्ने भएकाले धेरै खान्छ तर वयस्क नभएको सलहले क्षति कम गर्छ,’ उनले भने । अपरिपक्व सलह गुलावी वा खैरो रंगको र वयस्क सलह पहेंलो रंगको हुन्छ ।

तर, नेपालमा आइपुगेको सलह पहेंलो नभएकाले अपरिपक्व भनेर सजिलै पत्ता लगाउन सकिने उनले बताए ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यसको रोकथाम तथा नियन्त्रणका लागि स्थानीय र प्रदेश स्तरका कृषि केन्द्रहरूसँग समन्वय गरी प्राविधिकहरू परिचालन गरिएको जानकारी दिएको छ । मन्त्रालयले विषादी व्यवस्थापन, प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रअन्तर्गत रहने गरी सलहका बारेमा सूचना दिने र नियन्त्रणका उपाय थाहा पाउन सूचना केन्द्र पनि सञ्चालन गर्दै छ ।

चितवन संवाददाता सूर्यप्रसाद अधिकारीका अनुसार चितवनका अधिकांश किसानलाई रोपाइँको भन्दा सलहको चिन्ता बढेको छ । रोपाइँका लागि तयार भएको धानको बीउ र हुर्किसकेको मकैबालीलाई सखाप पार्छ कि भन्ने चिन्ता किसानहरूमा बढेको छ । पूर्वी चितवनको राप्ती नगरपालिकाका कृषक सहजकर्ता धर्मराज कँडेल सलह कीरा देखिएपछि आफूहरूमा त्रास छाएको बताउँछन् । ‘मकै पनि थन्क्याउने बेला भएको छ, रोपाइँ पनि शुरू हुन लागिसक्यो । यसले बित्यास पार्लाजस्तो छ,’ उनले भने ।  छिमेकी नगरपालिकाहरूमा सलह देखिएकाले धानको बीउ सखाप पार्ने चिन्ता परेको उनले बताए ।

भरतपुर महानगरपालिका वडा नम्बर २१ का गंगाधर सापकोटा सलह देखिएसँगै पाक्न लागेको मकै सखाप पार्ने चिन्ता भएको बताउँछन् । ‘रोपाइँका लागि बीउ पनि तयार भइसक्यो, मकै पनि भाँच्ने बेला भयो,’ उनले भने । सलह कीराका कारण आफूहरू अन्योलमा परेको सापकोटाले बताए ।

कास्की संवाददाता नरहरि पौड्यालका अनुसार गण्डकी प्रदेशको राजधानी पोखरामा देखिएको सलहले स्थानीयमा त्रास छाएको छ । पोखरा महानगरपालिकाको कृषि शाखाले त्यहाँ फेला परेको कीरा सलह आएको प्रमाणित गरेको छ । महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले पोखराका विभिन्न ठाउँमा सानो संख्यामा सलह भेटिएको बताए । गण्डकी प्रदेशले सलह कीरा नियन्त्रणको प्रयास स्वरूप ¥यापिड रेस्पोन्स टीम गठन गरेको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको आइतवार बसेको बैठकले तयारी स्वरूप वरिष्ठ बाली संरक्षण अधिकृत विनोद हमालको संयोजकत्वमा ६ सदस्यीय ¥यापिड रेस्पोन्स टीम गठन गरेको हो । प्युठानका जिल्लाका सिरुमानीलगायत विभिन्न ठाउँमा समेत सलह कीरा देखापरेको प्युठानका संवाददाता राजेश जिसीले बताएका छन् । स्थानीयका अनुसार जिल्लामा प्रवेश गरेका कीराले मकैलगायत तरकारी बालीमा असर गरेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्