ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

बैतडीमा गुणस्तरहीन सामान विक्री : ४ लाख बराबरको सामग्री नष्ट

२०७७ असार, १५  
सुदूरपश्चिम प्रदेश
Image Not Found
फाइल फोटो

असार १५, बैतडी । बन्दाबन्दीको समयमा बैतडीमा अखाद्य गुणस्तरहीन सामग्री विक्री वितरण गरिएको पाइएको छ । बजार अनुगमन गर्दा करीब रू. चार लाख बराबरको अखाद्य वस्तु र पेय पदार्थ बरामद गरिएको छ ।  

जिल्लास्थित सरोकारवालाको संयुक्त टोलीले गरेको अनुगमनका क्रममा रू. तीन लाख ७६ हजारको अखाद्य वस्तु र पेय पदार्थ बरामद गरी नष्ट गरिएको घरेलु तथा साना उद्योग विकास समितिका कार्यालय प्रमुख मायादेवी जोशीले जानकारी दिए । 

जिल्लाका पाँच स्थानीय तहका करीब एक दर्जन बजारमा अनुगमन गर्दा उक्त मूल्य बराबरको सामग्री बरामद गरी नष्ट गरिएको उनले बताए । 

गत जेठ ३२ गतेदेखि शुरु भएको अनुगमन दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, दोगडाकेदार गाउँपालिका, सूर्नया गाउँपालिका र डिलाशैनी गाउँपालिकाका बजारमा सम्पन्न भएको हो । जिल्लाका अन्य स्थानीय तहमा रहेका बजारमा पनि निरन्तर अनुगमन गरिने जानकारी दिइएको छ ।  

यस्तै अनुगमनका क्रममा चार जनालाई जरिवानासमेत गरिएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले बताए । अनुगमन टोली पुग्ने बित्तिकै पसल बन्द गर्ने तथा जफत गरेको सामान पुनः विक्री गर्न पाउनुपर्ने भन्दै टोलीमाथि दुव्र्यवहारको प्रयास गर्नेहरुलाई रू. एक हजारदेखि तीन हजार ५०० जरिवाना गरिएको उनले बताए ।  

म्याद नाघेका अखाद्य सामग्री विक्री वितरणमा रोक लगाउने उद्देश्यले बजार अनुगमनलाई तीव्रता दिइएको छ । यसका साथै उपभोक्ता अधिकारका विषयमा व्यापारी र नागरिकलाई सचेत गराउन बजार अनुगमनमा तीव्रता दिइएको खाद्य प्रविधि तथा गुणनियन्त्रण डिभिजन कार्यालय बैतडीका प्रमुख कृष्णदत्त लेखकले जानकारी दिए ।

धेरै ठाउँमा पिठो, सोयाबडी, पत्रुखानालगायत अन्य खाद्यान्न सामग्रीसमेत म्याद नाघेका पाइएकाले बरामद गरी नष्ट गरिएको लेखकले जानकारी दिए । यस्तै दर्ता नभएका पसललाई दर्ता गर्न आग्रह गरिएको छ भने सामान खरीद विक्री गर्दा मिति हेरेर मात्र खरीद विक्री गर्न टोलीले आग्रह गरेको छ । अझै पनि उपभोक्ता तथा व्यापारीमा सचेतना नभएका कारण म्याद नाघेका सामग्रीको विक्री वितरण हुँदै आएको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्