ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

एडीबीद्वारा २२ अर्ब सहुलियत ऋण स्वीकृत      

२०७७ असार, १५  
समाचार
Image Not Found

 असार १५, काठमाडौं । एशियाली विकास बैंक (एडीबी) ले नेपालको विद्युत् आपूर्ति र वितरण प्रणालीमा सुधार गर्न नेपाललाई रू. २२ अर्ब सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ ।     
     
यहाँस्थित एडीबीको देशीय कार्यालयका अनुसार नेपालको विद्युत् आपूर्ति क्षमता विस्तार, गुणस्तर र विश्वसनीयता सुधार, उत्पादन र भारप्रेषण केन्द्रको सुदृढीकरणका लागि उक्त रकम सहुलियत ऋणस्वरुप नेपाललाई प्रदान गर्न स्वीकृत भएको हो ।     
     
उक्त रकम काठमाडौं उपत्यका, भरतपुर महानगरपालिका, पोखरा उपमहानगरपालिकाका साथै प्रदेश नं २ मा विद्युत् आपूर्ति र वितरणलाई प्रभावकारी तुल्याउन खर्च गरिने छ ।   रासस
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्