ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

दक्षिण कोरियालाई जी-७ को सदस्यता दिने अमेरिकी प्रस्ताव जापानले मानेन

२०७७ असार, १५  
अन्तरराष्ट्रिय
Image Not Found

असार १५, टोकियो (जापान) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियालाई विश्वका सात धनी राष्ट्रहरुको समूह (जी-सेभेन) को सदस्यता दिने प्रस्ताव जापानले अस्वीकार गरेको छ । राष्ट्रपति ट्रम्पले यस वर्षको जी-७ को वार्षिक बैठकमा रसिया, दक्षिण कोरिया, अस्ट्रेलिया र भारतलाई पनि निमन्त्रण गरेका थिए । 

जी-७ को वर्तमान संरचना पुरानो भइसकेको र यसले विश्वका जल्दाबल्दा समस्यालाई समाधान गर्नेतर्फ असफल हुन लागेको तर्क गर्दै उनले जी-७ को सदस्यता विस्तार गर्न चाहेका थिए । 

ट्रम्पको उक्त भनाइ सार्वजनिक भएलगत्तै जापानको उच्च कूटनीतिक तहबाट जापानको धारणा दर्ता गरिएको जापानी समाचार संस्था क्योदोले बताएको छ । जापानसँगै दक्षिण कोरिया र भारतलाई जी-७ को सदस्यता दिंदा एशियाली मुलुकहरुबाट एकमात्र सदस्य रहेको जापानको शाख गुम्ने जापानी धारणा छ । 

जी-७ मा हाल जापानसहित क्यानाडा, फ्रान्स, जर्मनी, इटाली र अमेरिका तथा युरोपेली युनियन सदस्य छन् । जी-७ को वार्षिक सम्मेलन यसअघि जुनमा गर्नेगरी निर्णय भए पनि कोरोना भाइरसका कारण उक्त सम्मेलन आगामी सेप्टेम्बरमा गर्ने तय भएको छ । रासस/एएनआई

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्