ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सनराइज फर्स्टको खुद नाफा बढ्यो 

२०७७ असार, १५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असार १५, काठमाडौं । सनराइज म्युचुअल फण्ड अन्तर्गत संचालित सनराइज फर्स्ट म्युचुअल फण्डको खुद नाफा वैशाखको तुलनामा जेठ महीनामा बढी भएको छ । 

वैशाख महीनामा रू. २ करोड ९ लाख ५९ हजार खुद नाफा गरेको उक्त योजनाले जेठ महीनामा रू. २ करोड ५६ लाख ४२ हजार गरेको  छ । जेठ महीनामा कुल आय बढी भएकाले खुद नाफा बढी भएको हो । 

वैशाख महीनामा रू. ३ करोड ७७ लाख १० हजार कुल आय गरेको उक्त योजनाले जेठ महीनामा रू. ४ करोड ४४ लाख ७ हजार कुल आय गरेको हो ।

उक्त योजनाको प्रतिइकाई खुद सम्पत्ति मूल्य पनि वैशाख महीनामा रू. १० दशमलव १५ रहेकोमा जेठ महीनामा रू. १० दशमलव २१ कायम गरेको हो । 

उक्त योजनाको धितोपत्र तथा अन्य लगानी मूल्य पनि बढी कायम भएको छ । वैशाख महीनामा रू. ४७ करोड ४९ लाख ५९ हजार रहेको धितोपत्र तथा अन्य लगानी मूल्य जेठ महीनामा रू. ४८ करोड १२ लाख ४७ हजार पुगेको छ । 

उक्त योजनाले सूचीकृत तथा सूचीकृत नभएका शेयर, डिबेन्चर तथा मुद्धति निक्षेपसमेत गरि जेठ महीनामा गरेको लगानीको परल मूल्य रू. ४८ करोड ४९ लाख ३७ हजार रहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्