ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

प्यूठानमा एकैदिन १६ जना संक्रमण जितेर घर फर्के

२०७७ असार, १५  
प्रदेश ०५
Image Not Found
author avatar अभियान संवाददाता

असार १५, प्यूठान । प्यूठानमा एकै दिन १६ जना डिस्चार्ज भएका छन् । नौबहिनी गाउँपालिकाको गंगा माविको क्वारेन्टाइनमा बसेका उनीहरु सोमवार कोरोना संक्रमण जितेर घर गएका हुन् । 

उनीहरुको दोस्रो पटक स्वाव संकलन गरी परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको नौबहिनी गाउँपालिकाको स्वास्थ्य शाखाले बताएको छ । सोमवार घर फर्कनेहरुमा नौबहिनी गाउँपालिका ६ लुङ्गका १ जना र वडा नं. ८ का १५ जना रहेको नौबहिनी गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख ऋषिराम शर्माले बताए । 

यसभन्दा अगाडी माण्डवी गाउँपालिका र सरुमारानी गाउँपालिकाका १/१ जना कोरोना मुक्त भएका छन् । यो सँगै जिल्लामा कोरोना संक्रमणमुक्त हुनेको संख्या १८ पुगेको छ । नौबहिनी गाउँपालिकामा २६ जनामा कोरोना संक्रमण पुष्टी भएको थियो । भने अब १० जना कोरोना संक्रमित रहेका छन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्