ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

जापानी स्टार्ट–अपले बनायो स्मार्ट मास्क 

२०७७ असार, १५  
अन्तरराष्ट्रिय
Image Not Found

असार १५, टोकियो (जापानी । कोरोना भाइरसको महामारीका कारण मास्क हाम्रो जीवनको अनिवार्य हिस्सा बनेको छ । 

मास्कको प्रयोग अधिकांश मानिसहरुले गर्न थालेका छन् । मास्क फेसनेबल बन्दै गएको छ । मास्कमा नवीन खालका प्रयोग भइरहेका छन् । यसैबीच जापानी स्टार्ट–अप कम्पनी डोनट रोबोटिक कम्पनीले स्मार्ट मास्कको विकास गरेको छ । 

कम्पनीले बनाएको इन्टरनेट–कनेक्टेड मास्कबाट म्यासेज पठाउन सकिन्छ । सेतो प्लाष्टिकबाट बनाइएको यो मास्कलाई सामान्य खालमा मास्कमाथि लगाउन सकिन्छ । 
कम्पनीले यसको नाम सि–मास्क राखेको छ ।

यसलाई ब्लुटुथको माध्यमबाट स्मार्टफोन र ट्याब्लेटसँग कनेक्ट गर्न सकिन्छ । यति मात्र होइन जापानी भाषालाई अन्य आठ भाषामा रुपान्तर पनि गर्दछ । यसबाट बोलेको कुरालाई टेक्स्टमा बदल्नुको साथै फोन पनि गर्न सकिन्छ । प्रयोगकर्ताको आवाजलाई एम्प्लिफाई गरेर अन्य व्यक्तिलाई ठूलो स्वरमा सुनाउने काम पनि यसले गर्दछ । 

महामारीको समयमा समेत कम्पनीलाई बचाउन सकिने उपकरणको खोजी भइरहेकै बेलामा कम्पनीका इञ्जिनयरहरुले स्मार्ट मास्क बनाउने आइडिया फुराएका थिए । धेरै लामो अनुसन्धानबाट आफूहरुले यस प्रकारको मास्क बनाएको कम्पनीका प्रमुख कार्यकारी टिसुके ओनोले बताएका छन् । 

कम्पनीले सेप्टेम्बर महिनामा जापानी बजारमा ५ हजार मास्क बेच्दैछ । मास्कको एक थानको मूल्य ४० डलर रहेको छ । चीन, अमेरिका र यूरोपेली बजारमा समेत मास्क बेच्नेबारे सोचिरहेको उक्त कम्पनीले बताएको छ । एजेन्सी
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्