ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

नबिल म्युचुअल फण्डका दुई ओटा योजनाको नाफा बढ्यो

२०७७ असार, १५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असार १५, काठमाडौं । नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुई ओटा योजनाले जेठ मसान्तसम्ममा नाफामा वृद्धि गरेका छन् ।

नबिल ब्यालेन्स फण्ड २ र नबिल इक्विटी फण्डको नाफा बढेको हो । नबिल ब्यालेन्स फण्ड -२ ले जेठ मसान्तसम्ममा रू. ५ करोड ४३ लाख नाफा कमाएको हो । 
वैशाख मसान्तसम्ममा उक्त योजनाले रू. ५ करोड ३ लाख नाफा कमाएको थियो । 

त्यसैगरी नबिल इक्विटी फण्डले वैशाख मसान्तसम्ममा रू. ९ करोड ९ लाख नाफा कमाएकोमा जेठ मसान्तसम्ममा वृद्धि भएर रू. ९ करोड ७० लाख पुरयाएको छ ।

नाफा बढेसँगै दुवै योजनाको प्रतिइकाई खुद सम्पत्तिको मूल्य पनि बढेको छ । नबिल इक्विटी फण्डको वैशाख मसान्तमा प्रतिइकाई खुद सम्पत्तिको मूल्य रू. ९ दशमलव ७५ रहेकोमा जेठ मसान्तमा रू. ९ दशमलव ७९ पुगेको छ । 

त्यसैगरी नबिल ब्यालेन्स फण्डको प्रतिइकाई खुद सम्पत्तिको मूल्य जेठ मसान्तसम्ममा रू. १० दशमलव ५३ पुगेको छ । यो मूल्य बैशाख मसान्तमा रू. १० दशमलव ४९ थियो । 

जेठ मसान्त सम्ममा नबिल ब्यालेन्स फण्ड २ को सुचीकृत र सूचीकृत नभएका शेयर र मुद्दति निक्षेपमा गरेर कुल लगानी रू. ६१ करोड १६ लाख रहेको छ । वैशाख मसान्तसम्ममा लगानी रू. ६० करोड ७८ लाख थियो । 

 त्यसैगरी नबिल इक्विटी फण्डको जेठ मसान्तसम्ममा सूचीकृत तथा सूचीकृत नभएका धितोपत्रमा लागनी रू. ७७ करोड ३७ लाख छ । यो लागानी वैशाख मसान्तमा रू. ७८ करोड ७७ लाख थियो । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्