ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

निजी क्षेत्रलाई नियमन गर्ने अख्तियार विधेयक अगाडि बढ्दैन :  प्रधानमन्त्री

२०७७ असार, १५  
समाचार
Image Not Found
फाइल फोटो
author avatar अभियान संवाददाता

असार १५, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियमन गर्नै पर्छ भन्ने नरहेको बताउनु भएको छ ।

सोमवार नेपाल उद्योग परिसंघको १७ औं वार्षिक साधारण सभाको भर्चुअल रुपमा गरिएको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

निजी क्षेत्रलाई नियमन गर्ने निकायहरु थुप्रै भएको अवस्थामा अख्तियार आवश्यक नभएको उहाँको भनाइ थियो ।

सरकारले निजी क्षेत्रका व्यक्तिहरुलाई पनि भ्रष्टाचारको मुद्दामा अनुसन्धान गर्न पाउने प्रस्ताव गरि अख्तियार दुरुपयोग अनुसन्धन आयोग ऐनको संशोधन प्रक्रिया अगाडि बढाएको छ, जुन अहिले राष्ट्रिय सभामा बिचाधिन अवस्थामा छ । त्यसपछि निजी क्षेत्रहरुले उक्त व्यवस्था हटाउन माग राख्दै आएका छन् ।

सोमवार पनि नेपाल उद्योग परिसंघका अध्यक्ष सतिस कुमार मोरले उक्त व्यवस्था हटाउन प्रधानमन्त्रीसमक्ष माग गरेका थिए । त्यसको प्रतिउत्तरमा नै प्रधानमन्त्री ओलीले यस्तो बताउनु भएको हो । 

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘मैले तपार्इंहरुलाई यस अघि भेटमा पनि अख्तियार विधेयक अगाडि बढ्दै भनेर भनि सकेको छु, निजी क्षेत्रलाई नियमन गर्ने अन्य निकाय हुदाँहुँदै अख्तियारको आवश्यक हुँदैन, यसमा सरकारले पुनर्विचार गर्छ ।’

#नेपाल उद्योग परिसंघको १७ औं वार्षिक साधारण सभा हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ – सं

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्