ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

पाकिस्तान स्टक एक्सचेञ्जमा भएको हमलामा ६  जनाको मृत्यु

२०७७ असार, १५  
अन्तरराष्ट्रिय
Image Not Found

असार १५, कराँची । पाकिस्तानको कराँचीस्थित पाकिस्तान स्टक एक्सचेञ्जमा चार जना अज्ञात बन्दुकधारीहरुले सोमवार स्थानीय समय १० बजे विहान अन्धाधुन्ध हमला गरेका छन् ।

कराँचीका पुलिस प्रमुख गुलाम नावी मेमोनलाई उद्धृत गर्दै सीएनबीसीले आफ्नो वेबसाइटमा उल्लेख गरे अनुसार सिल्भर रंगको कोरोला कारमा आएका हमलाकारीहरुले उच्च सुरक्षा भएको उक्त भवनमा ग्रिनेड प्रहार गरेका  थिए ।

सो आक्रमणको प्रतिउत्तरमा सुरक्षाकर्मीले चलाएको गोलि लागि ४ जना आतंकबादीहरु मध्ये दुई जनाको मुख्य प्रवेशद्वारमा र दुई जनाको स्टक एक्सचेञ्जभित्र मृत्यु भएको छ । त्यस्तै अन्य दुई जना सर्वसाधारण पनि मारिएका छन् ।

उक्त घटनामा परी सुरक्षाकर्मीसहित सात जना सर्वसाधारण पनि घाइते भएका छन् । उता पाकिस्तान स्टक एक्सचेञ्जले भने सामाजिक सञ्जाल ट्वीटर मार्फत सुरक्षाकर्मीको सहायतमा स्थिति नियन्त्रणमा आएको बताएको छ । एजेन्सीहरुको सहयोगमा

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्