ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

 ९८ दिनपछि खुलेको बजारमा ४८ करोडभन्दा बढीको कारोबार* 

नागरिक लगानी कोषका लगानीकर्ताले सबैभन्दा बढी कमाए 

२०७७ असार, १५  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

असार १५, काठमाडौं । ९८ दिनपछि सोमवारदेखि खुलेको शेयर बजारमा रू. ४८ करोड ५३ लाख १५ हजारको कारोबार भएको छ ।

यस दिन बजारमा निकै उतारचढाब देखियो । बजार खुलेको ४० मिनेटमै ४ प्रतिशतको नकारात्मक प्रभाव परेपछि २० मिनेट कारोबार स्थगित भयो । सोमवारको कारोबारमा नेप्से परिसूचक १२ दशमलव ८७ अंकले घटेर १ हजार १८८ दशमलव ७० विन्दुमा झरेको छ ।

यस दिन १४७ ओटा कम्पनीको १४ लाख ४४ हजार १७३ कित्ता शेयर कारोबार भएको छ ।

कारोबारमा आएको १२ समूहमध्य व्यापारिक , उत्पादन तथा प्रशोधन जीवन बीमा र अन्य समूहको परिसूचक बढेको छ भने अरुको घटेको छ । व्यापारिक समूहको ५ दशमलव २४ प्रतिशत , उत्पादन तथा प्रशोधन समूहको ४ दशमलव ३१ प्रतिशत , जीवन बीमा समूहको ३ दशमलव ६५ प्रतिशत र अन्य समूहको ३ दशमलव १३ प्रतिशतले परिसूचक बढेको हो । 
सोमवार सबैभन्दा बढी विकास बैंकको परिसूचक ३ दशमलव ७४ प्रतिशत घटेको छ ।

यस दिन सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको  शेयर कारोबार भएको छ । नेपाल लाइफको रू. ३ करोड ५७ लाख १० हजार बराबरको कारोबार भएको हो ।
 

घटेको बजारमा चार कम्पनीको शेयरमूल्यमा सकारात्क सर्किट 

 घटेको बजारमा पनि चार कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । नागरिक लगानीकोष , हिमालयन डिष्टिलरी , नेपाल इन्भेष्टमेण्ट बैंकको संस्थापक शेयर र सर्वसाधारण शेयरमा सकारात्मक सर्किट लागेको हो ।

सोमवार नागरिक लगानीकोषको शेयरमूल्य रू. १८८ , हिमालयन डिष्टिलरीको रू. १२०, नेपाल इन्भेष्टमेण्ट बैंकको सर्वसाधारण तर्फको शेयरमूल्य रू. ३५ र संस्थापकतर्फको शेयरमूल्य रू. ३० ले बढेको हो ।
 

पहिलो कारोबारमै नेपाल पुनर्बीमा कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट 

लकडाउनका विच सर्वसाधारणलाई आईपीओ बाँडफाँट गरि सूचीकृत गराएको नेपाल पुनर्बीमा कम्पनीको शेयरमूल्यमा पहिलो कारोबारमै नकारात्मक सर्किट लागेको छ । पहिलो कारोबार रू. ४२४ मा खुलेको थियो । कारोबारको ४० मिनेटमै रू. ४२ ले शेयरमूल्य घटेर घटेको हो ।

त्यस अवधिसम्म ९ दशमलव ९१ प्रतिशतले शेयरमूल्य घटेपछि सर्किट लागेको थियो । यो कम्पनीसँगै स्वावलम्वन लघुवित्त वित्तीय संस्था र आशा लघुवित्तको शेयरमूल्यमा पनि नकारात्मक सर्किट लागेको छ । स्वावलम्वन लघुवित्तका शेयरधनीहरुले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य रू. ११७ ले घटेको छ ।

*९८ दिनपछि सोमवार खुलेको शेयर बजारमा रू. ४८ करोड ५३ लाख १५ हजारको कारोबार हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ –सं

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्