ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

ग्लोबल आइएमई समुन्नत –१ को लागत मूल्यभन्दा बजार मूल्यमा कमि

२०७७ असार, १५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असार १५, काठमाडौ. । ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ग्लोबल आइएमई समुन्नत – १ ले जेठ मसान्तसम्ममा कुल लगानी रू. ८८ करोड ८४ लाख गरेको छ । 

यो लागनीको लागत मूल्य भने रू. १ अर्ब ४ करोड हो । जेठ मसान्तसम्ममा उक्त योजनाको लगानीको लागत मूल्यभन्दा बजार मूल्यमा कमि आएको छ । 

उक्त योजनाको प्रतिइकाई खुद मूल्य वैशाख मसान्तको तुलनामा जेठ मसान्तमा वृद्धि भएको छ । वैशाख मसान्तमा प्रतिइकाई खुद सम्पत्तिको मूल्य रू. ८ दशमलव ८२ रहेकोमा जेठ मसान्तमा रू. १० दशमलव ८५ पुगेको छ ।

 त्यसैगरी  जेठ मसान्तसम्ममा उक्त योजना रू. १८ करोड ५ लाख घाटामा रहेको छ ।
 

वैशाख मसान्तमा पनि घाटामा थियो । जेठ मसान्तसम्ममा उक्त योजनाको प्राप्त भइनसकेको आम्दानी रू. २३ करोड ४७ लाख रहेको  छ भने खर्च रू. २ करोड १ लाख भएको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्