ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

चीनमा विद्यालय शिक्षा छाड्नेको संख्या ९९ प्रतिशत घट्यो

२०७७ असार, १५  
अन्तरराष्ट्रिय
Image Not Found

असार १५, पेचिङ (चीन) । चीनमा विद्यालय शिक्षा छाड्नेको संख्यामा उच्च कमी आएको छ । त्यहाँको शिक्षा मन्त्रालयले बताएका अनुसार यस वर्षको जुन १४ सम्ममा ६ हजार ७८१ जनाले मात्र विद्यालय शिक्षा परित्याग गरेका छन् । 

यो गत वर्षको सोही अवधिको तुलनामा ९९ प्रतिशत कम हो । सन् २०१९ को सोही अवधिमा भने करीब ६ लाख चिनियाँ विद्यार्थीले विद्यालय शिक्षा छाडेका थिए । चीनमा नौ वर्षको अनिवार्य स्कुल शिक्षा प्रणाली छ । 

अनिवार्य विद्यालय शिक्षासम्बन्धी प्रावधानको कार्यान्वयनमा कडाई गरेपछि विद्यालय छाड्ने दर घटेको मन्त्रालयको भनाइ छ । मन्त्रालयका अनुसार चीनमा अहिले शारीरिक कठिनाईका कारण विद्यालयमा उपस्थित हुन नसक्ने बाहेक अरु सबैलाई विद्यालय शिक्षामा अनिवार्य समेटिएको छ । 

नवौं वर्षको शिक्षा पूरा गर्ने विद्यार्थीको दरलाई सन् २०२० को अन्त्यसम्ममा ९५ प्रतिशत पुर्‍याउने लक्ष्य सरकारको रहेको छ । चीन सरकारले गरीब परिवारका बालबालिकालाई अनिवार्य शिक्षामा समाहित गर्न विशेष पहल र कार्यक्रम शुरु गरेकै कारण विद्यालय छाड्ने दरमा कमी आएको हो ।

कोरोना भाइरस समेतका महामारीका कारणबाट विद्यालय छाड्न नपर्ने वातावरण पनि तयार पारिएको शिक्षा मन्त्रालयले बताएको छ । रोजगारीका लागि पढाई छाड्ने विद्यार्थीलाई पुनः विद्यालय शिक्षामा समावेश गर्न तथा बालश्रमका लागि बालबालिका लैजाने गिरोहलाई कडा कारबाही गर्न सरकारले नयाँ निर्देशिका समेत जारी गरेको छ । रासस/सिन्ह्वा

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्