ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

फेरि थपियो बीमाशुल्क तिर्ने म्याद 

२०७७ असार, १५  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

असार १५, काठमाडौं  । बीमा समितिले बन्दाबन्दीको अवधिमा तिर्न बाँकी रहेको जीवन बीमाशुल्क भुक्तानी गर्ने म्याद पुन : एक हप्ता थप गरेको छ । यसअघि समितिले असार १५ गते भित्र बाँकी बीमाशुल्क तिर्ने म्याद दिएको थियो । 

सोमवार पहिलाको म्याद सकिएको र कोरोनाको कहर पनि सामान्य नभएकाले पुन : म्याद थप गरिएको समितिले बताएको छ ।

बीमितहरुले आगामी असार २२ गतेसम्म बिना ब्याज बीमाशुल्क तिर्न सक्ने समितिका कार्यकारी निर्देशक राजु रमण पौडेलले बताए । असार २२ गते पछि भने तोकिएको मात्रामा ब्याज लाग्ने समितिकोे भनाइ छ । 

सरकारले कोरोना महामारी नियन्त्रण गर्न गत चैत ११ गतदेखि बन्दाबन्दी लगाएयता समितिले पटक–पटक परिपत्र जारी गर्दै बीमाशुल्कको म्याद थप गर्दै आएको छ । 
यद्यपि अहिले लकडाउन खुकुलो बनाएको हुनाले लामो समयको म्याद भने थप नगरिएको समितिले बताएको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्