ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

अमेरिकाको पर्मियन बेसिनमा सूर्यास्तको समयमा खिचिएको आयल पम्प ज्याकको तस्वीर

२०७७ असार, १५  
Slider
Image Not Found

अमेरिकाको टेक्सस राज्यस्थित लभिङ काउन्टीमा रहेको पर्मियन बेसिनमा सन् २०१९ को नोभेम्बर २४ मा सूर्यास्तको समयमा खिचिएको आयल पम्प ज्याकको तस्वीर । अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेको छ । चीनको आर्थिक तथ्यांकमा आएको सुधार र प्रमुख उत्पादकहरुले उत्पादनमा गरेको कटौतीले तेलको भाउलाई टेवा दिएको हो । 

यद्यपि, विश्वभर कोरोना भाइरसको संक्रमणमा भइरहेको वृद्धीले भने भाउ धेरै बढ्न दिएन । सोमवार ब्रेन्ट क्रुडको भाउ १ दशमलव ३ प्रतिशत बढी प्रतिब्यारेल ४१ डलर ५४ सेन्टमा पुगेको छ । यूएस क्रुड पनि प्रतिब्यारेल १ दशमलव ६ प्रतिशतले बढेर ३९ डलर शून्य ९ सेन्ट कायम भयो । अघिल्लो दिनको कारोबारमा दुवै बेञ्चमार्कको भाउ करीब १ डलर घटेको थियो । मेमा चीनको औद्योगिक कम्पनीहरुको मुनाफा ६ महीनायता पहिलो पटक बढेको तथ्यांकले तेलको भाउलाई टेवा दिएको हो । तस्वीरः रोयटर्स 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्