ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

कोभिड–१९ को उपचारमा परम्परागत पद्धति अघि सार्दै चीन

२०७७ असार, १५  
अन्तरराष्ट्रिय
Image Not Found

असार १५, पेचिङ (चीन) । अहिले विश्वभर वैज्ञानिकहरु कोभिड–१९ विरुद्धको खोप र औषधि विकास गर्न लागि परेका छन् । कोभिड–१९ को उद्गम देश चीनले भने परम्परागत चिनियाँ औषधि अर्थात् टीसीएम पद्दति अघि सार्न खोजिरहेको छ । 

चीनमा कोभिड–१९ का ९२ प्रतिशत बिरामीको उपचारमा कुनै न कुनै तरिकाले परम्परागत औषधि प्रयोग गरिएको चीन सरकारले भर्खरै सार्वजनिक गरेको श्वेतपत्रमा बताइएको छ । जडीबुटीदेखि अकुपन्चर र ताइचीजस्ता विधि समाविष्ट टीसीएमलाई विश्वकै पुरानो उपचार पद्धतिमध्ये एक मानिन्छ । 

चीनले विदेशमा समेत टीसीएमको प्रवर्द्धन गर्न खोजेको विज्ञहरू बताउँछन् । तर यसको उपयोगिताबारे स्वास्थ्य सेवाको क्षेत्रमा काम गरिरहेकाहरूले भने शंका व्यक्त गरेका छन् । सन् २००३ मा सार्स प्रकोपका बेलामा पनि चीनले टीसीएमको प्रयोग गरेको सञ्चार माध्यहरुले बताएका छन् । 

यसको प्रयोगमा कुनै समस्या नभएको टीसीएमका समर्थकहरू बताउँछन् । यस्ता औषधिको प्रयोगलाई सुरक्षित मान्न व्यापक वैज्ञानिक परीक्षण गरिनुपर्ने विज्ञहरूको धारणा छ । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्