ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सत्ता परिवर्तनको तुरुप गभर्नर पद

२०७७ असार, १६  
१० वर्ष अघि
NA

सबै चलखेलहरूबीच सरकार परिवर्तनको कुरा निश्चित नभए पनि यसबाट सिर्जित अन्योल र दिशाहीनताले अहिले सरकारलाई निकै कमजोर बनाएको छ । र, संविधान लेखन प्रक्रिया समयमा नै सम्पन्न नहुने कुरा लगभग निश्चित भएको छ । यसरी सरकार कमजोर भएकै कारण तत्काल सरकार परिवर्तनको हौवा पिटाएर आफ्ना व्यक्तिगत स्वार्थ पूर्ति गर्ने सुजाता प्रवृत्तिलाई ब्ल्याकमेल गर्ने यथेष्ट अवसर भने प्राप्त भएको छ ।

सुजाताले आफूले प्रस्ताव गरेको मानिस गभर्नर नभएमा कांग्रेस तत्काल सरकारबाट बाहिरिने घोषाणा गरेकी छिन् । यसअघि चर्चामा आएका सबै नामहरूलाई पछाडि पारेर गभर्नर नियुक्तिको सिफारिसमा तीनमध्य एकमात्र परेका राष्ट्र बैंकका डेपुटी गभर्नर वीरविक्रम रायमाझी आश्चर्यजनक ढंगले कांग्रेसका उम्मेदवारमात्र भएका छैनन्, सत्ता परिवर्तनको खेलमा कोइराला कांग्रेसका लागि सजिलो तुरुप पनि भएका छन् । आगामी जेठ १४ गते समयसीमाभित्र संविधान नलेख्ने अघोषित सहमति भएपछि अहिले प्रमुखहरूबीच सरकार परिवर्तनको चासो अचानक बढेको हो ।

वर्ष ५, अंक २५, २०६६, फागुन १०–१६

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्