ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सिँचाइ अभावले धनुषामा धान रोपाइँमा ढिलाइ

२०७७ असार, १६  
प्रदेश ०२
NA
author avatar कमलेश ठाकुर

जनकपुरधाम । सिँचाइ अभावले धनुषाको धान रोपाइँमा ढिलाइ भएको छ । दिगो सिँचाइको व्यवस्था नभएकाले जिल्लाको आधाभन्दा बढी खेतीयोग्य जमीनमा धानबालीका लागि आकाशे पानीकै भर पर्नुपर्ने बाध्यता छ । तर पर्याप्त पानी नपर्दा अधिकांश किसानले धान रोपाइँ गर्न पाएका छैनन् । स्थानीय किसान रामअवतार यादव पानी नपर्दा आकाश हेर्दै दिन बिताउनु परेको बताउँछन् । आकाशे पानीको भरमा धान रोपाइँ गर्ने गरेका उनले सिँचाइ अभावले रोपाइँमा ढिलाइ भएको गुनासो गरे । १६ कठ्ठा जमीनमा बोरिङ पम्पिङ सेटबाट पानी तानेर गरिएको रोपाइँमा पनि सिँचाइ नहुँदा खेतमा चिरा पर्न थालेको उनले बताए । धान रोप्न आकाशे पानीको पर्खाइमा बसेका अर्का किसान महेश साहले रासायनिक मलको समेत अभाव हुँदा खेती कसरी गर्ने भन्ने चिन्ता थपिएको बताए ।

कृषि ज्ञान केन्द्र धनुषाका अनुसार जिल्लाका कुल १ लाख १९ हजार हेक्टर जमीनमध्ये ७१ हजार हेक्टर समथर र ५ हजार उपाखो गरी ७६ हजार हेक्टर खेतीयोग्य छ । यस्तै ६५ हजार ६०० हेक्टर जमीनमा धान खेती हुँदै आए पनि ३५ हजार हेक्टरमा सिँचाइ सुविधा भएको केन्द्रले जानकारी दिएको छ । सिँचाइ अभावले प्रत्येक वर्ष किसानलाई धान रोपाइँमा समस्या हुने गरेको कार्यालयका प्रमुख शंकरप्रसाद साहले बताए । ‘सिँचाइको व्यवस्था नहुँदा १५ हजारदेखि २० हजार हेक्टर जमीन प्रत्येक वर्ष बाँझो रहने गर्छ,’ उनले भने ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्