ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

काठमाडौं महानगरपालिकामा ‘राष्ट्रिय दादुरा–रुबेला खोप अभियान २०७७’ शुरू

२०७७ असार, १६  
बजार
NA
author avatar अभियान संवाददाता

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले काठमाडौं महानगरपालिका भित्र राष्ट्रिय दादुरा–रुबेला खोप अभियान २०७७ पुनः सञ्चालन गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र यूनिसेफसँगको सहकार्यमा ९ महीनादेखि ५ वर्षमुनिका सबै बालबालिकालाई दादुरा–रुबेला खोप लगाउने यो राष्ट्रिय अभियानमा दूरसञ्चार सेवाप्रदायक एनसेल प्रालिले सघाउँदै आएको छ ।

गत वर्ष फागुनमा शुरू गरिएको यो बहुप्रतिक्षित खोप अभियान कोरोना भाइरसको महामारी तथा लकडाउनका कारण पूरा हुन सकेको थिएन । काठमाडौं महानगरपालिकाका खोप केन्द्रमा न्यूनतम ६ फिट दूरी कायम गर्दै आवश्यक सबै सुरक्षाका मापदण्ड अपनाई गत बिहीवारदेखि यो अभियान शुरू भएको महानगरपालिकाले
बताएको छ ।

यो अभियानमा काठमाडौं महानगरपालिका भित्र रहेका १ लाख भन्दा बढी बालबालिकालाई दादुरा–रुबेला खोप लगाउने सरकारी लक्ष्य छ । परिवार कल्याण महाशाखाका अनुसार पहिला खोप लगाएका तथा नलगाएका ९ महीनादेखि ५ वर्षमुनिका सबै बालबालिकालाई यस अभियान अन्तर्गत अनिवार्य खोप लगाउनु पर्छ । यो अभियान महानगरका ३२ ओटै वडामा चरणबद्ध सञ्चालन भइरहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्