ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

रू. २ करोड लागतमा सत्तल बनाउँदै भाटभटेनी ग्रुप

२०७७ असार, १६  
बजार
Image Not Found

काठमाडौं (अस) । भाटभटेनी ग्रुपले नक्सालस्थित भाटभटेनी मन्दिर परिसरमा रू. २ करोड लागतमा सत्तल निर्माण गर्ने भएको छ । भाटभटेनी ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङ र उनका भाइ पहल गुरुङले आप्mना स्वर्गीय बुबा वृषबहादुर गुरुङ र आमा धनमाया गुरुङको स्मृतिमा उक्त भवन निर्माण गर्न लागेका हुन् ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सोमवार उक्त भवनको शिलान्यास गरेका छन् । ‘भाटभटेनी मन्दिरकै नामबाट हामीले सुपरमार्केट स्थापना ग¥यौं’, मीनबहादुरले भने, ‘अहिले देशका विभिन्न स्थामा भाटभटेनी सुपरमार्केट खुलेका छन् । यहाँको मन्दिरमा हामीले पहिलादेखि नै संरक्षण गर्दै आएका थियौं । अहिले यसको आडैमा नयाँ भवन बनाउन लागिएको हो ।’

काठमाडौंमा बाँच्न र भविष्य सुनिश्चित गर्न आफूले शुरू गरेको व्यवसाय अहिले यहाँसम्म विस्तार भएको बताउँदै उनले मन्दिरको संरक्षण गर्ने दायित्व पनि आपूmहरूकै भएको बताए । उनले भने, ‘हामी यहाँसम्म आउनुको पछाडि भाटभटेनी माताको कृपा हो ।’ आफूहरूले ४ तल्लाको सत्तल बनाउने तयारी गरेको भए पनि स्थानीयको सुझावका आधारमा २ तल्ला मात्रै बनाउन लागिएको उनले जानकारी दिए । कार्यक्रममा मन्त्री पोखरेलले व्यवसायी गुरुङ दाजुभाइको प्रशंसा गर्दै आपूmले मीनबहादुरलाई धन र मन दुबै भएको व्यक्तिका रूपमा लिएको बताए । मीनबहादुरको कामको अनुशरण गर्दै अरु निजी क्षेत्रका क्रियाशील व्यवसायी अगाडि बढ्नुपर्ने मन्त्री पोखरेलको भनाइ छ । सरकारले व्यवसायीलाई सहजीकरण गर्दै जाने मन्त्री पोखरेलले बताए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्