ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

पहिरो खसेपछि शहीदमार्ग अवरुद्ध

२०७७ असार, १६  
प्रदेश ०५
Image Not Found

रोल्पा (अस) । निरन्तरको वर्षाका कारण ठाउँ–ठाउँमा पहिरो खसेपछि शहीदमार्ग सडकअन्तर्गत दाङको घोराहीदेखि रोल्पाको होलेरीसम्मको सडकखण्ड अवरुद्ध भएको छ ।
विभिन्न ठाउँमा पहिरो खस्दा आइतवारदेखि गाडी चल्न नसकेको इलाका प्रहरी कार्यालय होलेरीका प्रहरी निरीक्षक मेघनाथ चापागाईंले जानकारी दिए । उनका अनुसार सडक अवरुद्ध हुँदा गाडी बीच सडकमै रोकिएका छन् ।

वर्षायाम शुरू भएसँगै ठाँउ–ठाउँमा पहिरो खस्ने समस्याका कारण अबको ३ महीना अधिकांश समय घोराही–होलेरी सडक अवरुद्ध हुने गर्दछ । दाङको घोराहीदेखि रुकुम पूर्वसम्मको शहीदमार्ग सडक स्तरोन्नतिका लागि सरकारले हालसम्म रू. १ अर्ब भन्दा धेरै रकम खर्च गरिसकेको भए पनि सडकको अवस्था भने दयनीय नै छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्