ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

नेपाल बंगलादेश बैंकको शाखा काँडाघारीमा

२०७७ असार, १६  
शेयर / बैङ्किङ गतिविधि
Image Not Found

काठमाडौं (अस) । नेपाल बंगलादेश बैंकले काठमाडौंको कागेश्वरी मनहरा नगरपालिकास्थित काँडाघारीमा ९६औं शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको सोमवार बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले औपचारिक उद्घाटन गरे ।

बैंकले काँडाघारी क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले शाखा सञ्चालनमा ल्याएको बताएको छ । उक्त शाखाबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा र रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ सेवा प्राप्त गर्न सक्ने बताइएको छ ।

योसहित बैंकको शाखा संख्या ९६ पुगेको छ भने ७ ओटा एक्सटेन्सन काउन्टर र ८० ओटा एटीएम मेशिनमार्फत बैंकिङ सुविधा उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्