ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

लेखासँग सम्बन्धित नीति सहज बनाउन एक्यानको सुझाव

२०७७ असार, १६  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । चार्टर्ड एकाउन्टेन्टहरूको छाता संगठन नेपाल चार्टड एकाउन्टेन्ट संघ (एक्यान) ले आगामी मौद्रिक नीतिमार्फत लेखासँग सम्बन्धित नीतिहरू सहज बनाउन सुझाव दिएको छ । राष्ट्र बैंकका गभर्नर  महाप्रसाद अधिकारीलाई कोभिड–१९ का महामारीको कठिन परिस्थितिमा बैंकिङ क्षेत्रमा हुनुपर्ने नीतिगत व्यवस्थासम्बन्धीको प्रतिवेदन बुझाउँदै उनीहरूले यस्तो सुझाव दिएका हुन् ।

संघका अध्यक्ष आनन्द वाग्लेको नेतृत्वले बुझाएको उक्त प्रतिवेदनमा ऋणको पुनर्तालिकीकरण, ब्याजलाई पूँजीकृत कसरी गर्ने, ऋणको वर्गीकरण र प्रोभिजन कसरी गर्ने, एनएफआरएसमा विद्यमान कठिनाई र त्यसको समाधान लगायत विषय समेटिएको बताइएको छ ।

अध्यक्ष वाग्लेले उक्त अवसरमा वित्तीय तथा अर्थतन्त्रको क्षेत्रमा अध्ययन तथा अनुसन्धान गर्न प्रोत्साहन तथा सहयोग गर्ने सरकारी निकाय नभएको गुनासो गर्दै कम्तीमा बैंक वित्तीय संस्थाले छुट्ट्याउने सामाजिक उत्तरदायित्वको बजेटबाट यो काम हुने व्यवस्था मिलाउन पनि राष्ट्र बैंकलाई सुझाव दिएका छन् । सो अवसरमा गभर्नर अधिकारिले पारदर्शिता तथा लेखा सम्बन्धमा चार्टर्ड एकाउन्टेन्टहरूलाई सबै थाहा हुने भन्दै अहिलेको विषम् परिस्थितमा वित्तीय शुसासन सन्तुलन रहने गरी काम गरिदिन आग्रह गरेका छन् ।

सबैले आ–आफ्नो व्यवसायको हित हुने गरी आगामी मौद्रिक नीतिका लागि सल्लाह सुझाव दिइरहेका छन् । तर, सबै क्षेत्रमा सन्तुलन रहने गरी काम गर्नु पर्ने भएकाले अहिलेको विषम् परिस्थितमा चार्टर्ड एकाउन्टेन्टहरूको भूमिका महŒवपूर्ण रहने गभर्नर अधिकारीले बताए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्